नेपालको भौगोलिक अवस्थाबारे जानकारी with pdf

नेपाल कुन महादेशमा अवस्थित छ ? एसिया महादेशमा
अक्षंशको हिसाबले नेपाल कुन गालार्धमा पर्छ ? उत्तरी गोलार्धमा
देशान्तरको हिसाबले नेपाल कुन गोलार्धमा पर्छ ? पूर्वी गोलार्धमा
नेपाल कुन देशान्तरमा पर्छ ? पूर्वी देशान्तरमा
नेपाल कुन अक्षांसमा पर्छ ? उत्तरी अक्षांसमा
नेपाल कुन देशान्तर रेखाविच अवस्थित छ ? ८०ं४मिनेट देखि ८८ं१२ मिनेट पूर्वी देशान्तर सम्म
नेपाल कुन अक्षांस रेखाबीच अवस्थित छ ? २६ं२२ मिनेट देखि ३०ं२७ मिनेट उत्तरी अक्षांस सम्म
नेपालको पूर्व मेची देखि पश्चिम महाकाली सम्म औसत लम्बाई कति छ ? ८८५ कि.मि
नेपालको उत्तरीदेखि दक्षिण सम्मको अधिकतम चौडाई कति छ ? २४१ कि.मि
नेपालको उत्तरदेखि दक्षिणसम्मको न्युनतम चौडाई कति छ ? १४५ कि.मि
नेपालको उत्तरदेखि दक्षिण औसत चौडाई कति छ ? १९३ कि.मि
नेपालको सबैभन्दा चौडा भाग कहाँ पदर्छ ? प्रदेश नं ५ (कर्णली प्रदेश)
नेपालको सबैभन्दा कम चौडा भाग कहाँ पर्छछ ? प्रदेश नं १
नेपालको कुल क्षेत्रफल कति रहेको छ ? १४७,१८१ वर्ग कि.मि (५६,८२७ वर्गमाइल)
नेपालको क्षेत्रफल १४७,१८१ वर्ग कि.मि कहिले कायम भएकोे हो ? वि.सं २०३६
नेपालले एसियाको कुल स्थल भागको कति प्रतिसत भु–भाग ओगटेको छ ? ०.३ प्रतिसत
असमान सुगौली संधी कहिले भएको हो ? १८१६ मार्च ३
नेपालले विश्वको कुल स्थल भागको कति प्रतिसत भु–भाग ओगटेको छ ? ०.०३ प्रतिसत
नेपाल भौगोलीक अवस्थितिका हिसाबले कस्तो मुलुक हो ? भूपरिवेष्ठित
नेपालको सीमानादेखि नजिक रहेको सामुिन्द्रक इलाका कुन हो ? हिन्द महासागर स्थीत बंगालको खाडी
नेपालको सीमानादेखि बंगालको खाडी कति दूरीमा छ ? ११२७ कि.मि ( ७०० माइल)
नेपालका सिमानामा जोडिएका मुलुकहरु कुन कुन हुन ? भारत, चीन
नेपालको पूर्व, दक्षिण र पश्चिममा सीमाना जोडिएको मुलुक कुन हो ? गणतन्त्र भारत
नेपालकोे उत्तरी सीमान कुन मुलुकसँग जोडिएको छ ? जनवादी गणतन्त्र चीन
नेपालको सीमानामा चीनको कुन क्षेत्र पर्दछ ? चीनको स्वशासित क्षेत्र तिब्बत
नेपालको उत्तरी सीमाना तिब्बतसँग कति दूरी को लम्बाईसम्म जोडिएको छ ? ८५० कि.मि
नेपालको सीमाना भारतसँग कति दूरी लम्बाइसम्म जोडिएको छ ? ११८५ कि.मि
नेपालको भारत र चीनसँगको सीमाना कति दूरीको लम्बाईसम्म जोडिएको छ ? २०३५ कि.मि
नेपालको पूर्वमा भारतको कुन राज्य पर्दछ ? बंगाल
नेपालको दक्षिणमा भारतको कुन राज्य पर्दछ ? उत्तर प्रदेश र विहार
नेपालको पश्चिममा भारतको कुन राज्य पर्दछ ? उत्तराञ्चल राज्य
चीन र भारत दुबैलाई छुने अञ्चल कतिवटा छ ? ६ वटा
चीन र भारत दुबैलाई छुने अञ्चल कुन कुन हुन् ? मेची, कोशी, सगरमाथा, जनकपुर, सेती र महाकाली
चीनसँग मात्र सीमाना जोडिएको नेपालका अञ्चल कति छन् ? ४ वटा अञ्चल
चीनसँग मात्र सीमाना जोडिएका अञ्चल कुन कुन हुन् ? बाग्मती, गण्डकी, धवलागिरी र कर्णाली
भारतसँग मात्र सीमाना जोडिएका अञ्चल कतिवटा छ? ४ वटा अञ्चल
भारतसँग मात्र सीमाना जोडिएका अञ्चलहरु कुन कुन हुन् ? नाराणी, लुम्बिनी, राप्ती, भेरी
नेपालमा एउटै नामले दूइतिर बग्ने नदी कुन हो ? राप्ती
चीन र भारत दुवैलाई छुने जिल्ला कति छन् ? २ वटा ( ताप्लेजुङ र दार्चुला )
भारतसँग मात्र सीमाना जोडिएका जिल्ला कति छन् ? २५
भारतसँग सीमाना जोडिएका जिल्ला कति छन् ? २७
चीनसँगमात्र सीमाना जोडिएका जिल्ला कति छन् ? १३ वटा
चीनसँग सीमाना जोडिएका जिल्ला कति छन् ? १५ वटा
भारत र चीन दुवैसाग सीमाना नजोडिएका जिल्ला कति छन् ? ३७
क्षेत्रफलको हिसाबले नेपाल भारतभन्दा कति गुना सानो छ ? २२ गुना
क्षेत्रफलको हिसाबले नेपला चीनभन्दा कति गुना सानो छ ? ६५ गुना
नेपालको सबैभन्दा उत्तरी विन्दु कुन कहाँ पर्दछ ? हुम्लाको चाङ्ला भञ्ज्याङ्
नेपालको सबैभन्दा उत्तरी विन्दु कति डिग्री अक्षांसमा रहेको छ ? ३०ं२७ मिनेट
नेपालको सबैभन्दा दक्षिणी विन्दु कुन हो ? झापाको लोदबारी
नेपालको सबैभन्दा दक्षिणी बिन्दु कति अक्षांसमा पर्दछ ? २६ं२२ मिनेट उत्तरी अक्षांस
नेपालको सबैभन्दा पूर्वी बिन्दु कहाँ पर्दछ ? ताप्लेजुङ
नेपालको सबैभन्दा पूर्वी बिन्दु कति देशान्तरमा पर्दछ ? ८८ं१२ मिनेट पुर्वी देशान्तर
नेपालको सबैभन्दा पश्चिमी बिन्दु कहाँ पर्दछ ? कञ्चनपुरको दोधरा
नेपालको सबैभन्दा पश्चिमी बिन्दु कति देशान्तरमा पर्दछ ? ८०ं४ मिनेट पुर्वी देशान्तरमा
भारत र चीन पछि नेपालको सबैभन्दा नजिक रहेको मुलुक कुन हो ? बंगलादेश
नेपाल र बंगलादेश बिचको निकटतमा दूरी कति रहेको छ ? २७ कि.मि
नेपालबाट नजिक पर्नै चौथो मुलुक कुन हो ? भुटान
नेपाल र भुटान को निकटतम दूरी कति छ ? ३२ कि.मि
आकारको हिसाबले नेपालको नक्सा कुन वस्तुको अकारसँग मिल्दो जुल्दो छ ? इट्टा आकार
नगरकोट के का लागि प्रसिद्ध छ ? सूर्योदयका लागि
विश्वको सबैभन्दा गहिरो, हाचो उपत्यका कुन हो र कहाँ रहेको छ ? अरुण उपत्यका, संखुवासभा
काठमाडौं उपत्यकाका चार भञ्ज्याङहरु कुन कुन हुन ?
१ पूर्व – साँगा २ पश्चिम – वाण भञ्ज्याङ ३ उत्तरी – पार्टी भञ्ज्याङ ४ दक्षिणी – चन्द्रागिरी भञ्ज्याङ
मुक्ति क्षेत्र कुन जिल्लामा पर्छ ? मुस्ताङ्ग
मुक्तिनाथको मन्दिर समुन्द्री सतहबाट कति उचाईमा रहेको छ ? करिब १३,९९९ फिट उचाईमा ( ३७५० मिटर)

नेपालको सबैभन्दा ठुलो –
विकाशक्षेत्र – मध्य पश्चिमाञ्चल विकास क्षेत्र (४२,३७८ वर्ग कि.मि
अञ्चल – कर्णाली अञ्चल ( २१,३५१ वर्ग कि.मि )
जिल्ला – डोल्पा ( ७,८८९ वर्ग कि.मि )
आरक्ष – ढोरपाटन शिकार आरक्ष ( १,३२५) वर्ग कि.मि )
घण्टा – हनुमान ढोका अगाडीको घण्टा
जलाशय – इन्द्र सरोवर ( मकवानपुर )
घण्टाघर – काठमाडौं स्थीत घण्टाघर
ढोका – नाराणहिटी दरवारको ढोका
नगरा – हनुमान ढोका अगाडीको नगरा
मन्दिर (इट्टाको) – पाटनको महाबौद्ध मन्दिर
मन्दिर (काठको) – काष्ठमण्डप
मूर्ति – बुढानिलकण्ठ
हिमनदी – खुम्बु
चुचुरो – सगरमाथा
ताल – रारा ताल

पाँचै विकास क्षेत्रका सदरमुकामहरु धरातलिय स्वरुपका आधारमा कुन प्रदेशमा पर्दछ ? पहाडी प्रदेश
काठमाडौं कति देशान्तरमा पर्दछ ? ८५ डिग्री १७ मिनेट पूर्वी देशान्तरमा पर्छ
काठमाडौं समुन्द्री सतहबाट कति उचाईमा रहेको छ ? १,३३७ मिटर
नेपालको सबैभन्दा बढी हिमाल देखिने ग्रामिण पर्यटकीय स्थल कुन हो ? स्याङ्जाको पञ्चासे डाडा
हलेसि महादेव कुन जिल्लाको प्रसिद्ध तीेर्थस्थल हो ? खोटाङ
सुर्खेत, जाजरकोट, सिन्धुली, र मोरङ्ग जिल्लाहरु मध्य सवैभन्दा बढी जिल्लासँग सीमाना जोडिएको जिल्ला कुन हो ? सिन्धुली १० जिल्लासँग सीमाना जोडिएको छ
नेपालको पहाड कति कि.मि चौडाईमा अवस्थीत छ ? २५ देखि ७५ कि.मि
बुढासुब्बा धार्मीक स्थल कहाँ पर्छ ? धरान सुनसरी
दामन कुन जिल्लामा पर्छ ? मकवानपुर
काँक्रे विहार कहाँ पर्छ ? सुर्खेत
व्यवसायिक रुपमा कफी खेतीका लागि प्रसिद्ध जिल्ला कुन हो ? गुल्मी
खाने तेलका लागि प्रसिद्ध स्थान ललितुरको खोकना हो भने, तोरीको तेल उत्पादनको लागि प्रसिद्ध स्थान कुन हो ? चितवन
नासपातीका लागि प्रसिद्ध स्थान कुन हो ? फर्पिङ काठमाडौं
कालो टोपिका लागि प्रसिद्ध स्थान कुन हो ? भक्तपुर
जुजु धौ दहीका लागि प्रसिद्ध स्थान कुन हो ? भक्तपुर
शालीग्रामका लागि प्रसिद्ध नदी कुन हो ? कालीगण्डकी
ढाका टोपिका लागि प्रसिद्ध स्थान कुन हो ? पाल्पा ( ढाकाको सबै सामग्रीका लागि प्रसिद्ध छ )
अम्खोराका लागि प्रसिद्ध ठाउँ पाल्पा हो भने खुकुरीका लागि प्रसिद्ध ठाउँ कुन हो ? भोजपुर
अदुवा खेतीका लागि प्रसिद्ध नेपाली जिल्ला कुन हो ? सल्यान
दैलेख के का लागि प्रसिद्ध छ ? काँचो छाला
कसरा कुन जिल्लामा पर्दछ ? चितवन
नेपालको प्रसिद्ध तीर्थस्थल स्वर्गद्वारी कुन जिल्लामा पर्छ ? प्युठान
सगरमाथा नेपालको दास्रो अग्लो हिमाल कुन हो ? कंचनजंघा
कागवेनी कुन जिल्लामा पर्छ ? मुस्ताङ

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Subscribe to studyloksewa we provide free loksewa practice matarial

subscribe to loksewa Youtube channel for free loksewa practice matarial . thankyou