लोकसेवा तयारी सामग्री (वस्तुगत प्रश्नोत्तर)

१. सरकारले कहिलेदेखि हप्ताको दुई दिन सार्वजनिक बिदा दिने निर्णय गरेको छ ? 

 वि.सं. २०७९ जेठ १ 

– २०७९ वैशाख १३ को मन्त्रिपरिषद् बैठकले शनिबार र आइतबार बिदा दिने निर्णय गरेको । 

– अब बिहान ९ः३० देखि साँझ ५ः३० बजेसम्म कार्यालय समय कायम हुने । 

– इन्धन खपत घटाउन भन्दै सरकारले साताको दुई दिन सार्वजनिक बिदाको व्यवस्था गरेको । 

– यो निर्णय हाललाई परीक्षणका रूपमा लागु हुने मन्त्रिपरिषद्को निर्णयमा उल्लेख ।

– यसअघि तत्कालीन सरकारले २०५६ सालमा पनि हप्ताको २ दिन सार्वजनिक बिदा दिने निर्णय गरेको थियो । तर उक्त निर्णय एक वर्ष पनि नहुँदै परिवर्तन 

भएको थियो । 

२. केन्द्रीय तथ्याङ्क विभागले २०७९ वैशाखमा सार्वजनिक गरेको प्रतिवेदनअनुसार आ.व. २०७८÷७९ मा नेपालको आर्थिक वृद्धिदर कति हुने अनुमान गरेको छ ? 

 ५.८४ प्रतिशत

३. लुनकरणदास–गङ्गादेवी चौधरी साहित्यकला मन्दिरले इतिहासशिरोमणि बाबुराम आचार्य शोध सम्मान कसलाई प्रदान ग-यो ? 

 प्रा.डा. त्रिरत्न मानन्धर 

– साहित्यकला मन्दिरले सरस्वती सम्मान तेजेश्वरबाबु ग्वंग तथा नारायण गोपाल सङ्गीत सम्मान न्हुच्छेबहादुर डङ्गोललाई प्रदान गरेको । 

– पुरस्कारको राशि जनही एक लाख ५१ हजार रहेको । यसै वर्षदेखि बढाइएको पुरस्कार राशि यसअघि ५१ हजार रहेको । 

४. नेपाल प्रहरी महानिरीक्षकमा कसलाई नियुक्त गरियो ? 

 धिरजप्रताप सिंह

– वि.सं. २०७९ वैशाख १९ को मन्त्रिपरिषद्को बैठकले सिंहलाई महानिरीक्षक पदमा नियुक्त गर्ने निर्णय गरेको । 

५. सशस्त्र प्रहरी बल नेपालको महानिरीक्षकमा कसलाई नियुक्त गरियो ? 

 राजु अर्याल

(वि.सं. २०७९ वैशाख १९ को मन्त्रिपरिषद् बैठकले अर्याललाई उक्त पदमा नियुक्त गर्ने निर्णय गरेको ।)

६. जापान सरकारद्वारा विदेशी नागरिकलाई प्रदान गर्ने विशिष्ट राष्ट्रिय सम्मान ‘द अर्डर अफ द राइजिङ सन’ को उपाधि प्राप्त गर्ने नेपाली को हुनुहुन्छ ? 

 केदारभक्त माथेमा

७. भैरहवास्थित गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा नेपाल वायुसेवा निगमको वाइडबडी जहाजद्वारा अप्रेशनल पर्फर्मेन्स टेस्ट प्mलाइट कहिले गरियो ? 

 वि.सं. २०७९ वैशाख १५ 

(नेपालको उड्डयन इतिहासमा दोस्रो अन्तर्राष्ट्रिय विमानस्थलमा पहिलोपटक ठूलो जहाजले उडान भरेको । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा आएको ७४ वर्षपछि नेपालमा अर्को नयाँ अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा आएको ।)

८.  सरकारले व्यक्तिगत घटना दर्तालाई थप प्रभावकारी बनाउने उद्देश्यका साथ कुन अवधिलाई व्यक्तिगत घटना दर्ता सप्ताहका रूपमा मनाउन थालेको छ ?

 वैशाख १ देखि ७ (वि.सं. २०७८ देखि) 

– नेपाल सरकारले सन् २०२४ सम्म जन्म र मृत्युको दर्तालाई शत प्रतिशत पु¥याउने प्रतिबद्धता व्यक्त गरेको छ ।

– अहिले मुलुकमा व्यक्तिगत घटना दर्ता ६५ प्रतिशत मात्र रहेको ।

९.  मेरो कित्ता प्रणालीको शुभारम्भ कहिले गरिएको हो ?

 वि.सं. २०७८ वैशाख २

– नक्सा, प्लट रजिस्ट्रर, फिल्ड रेखाङ्कन निवेदन लगायतका सेवा अनलाइनबाट पाउने गरी यो प्रणाली सञ्चालनमा ल्याउन लागिएको । यो प्रणाली कृषि, उत्पादन र उत्पादकत्व लगायतका पक्षसँग पनि सम्बन्धित रहेको जनाइएको ।

१०.  रसुवा जिल्लाको लामटाङ क्षेत्रमा पर्ने ५८९० मिटर अग्लो हिमशिखरलाई के नामकरण गरिएको छ ?

 बेडेन पावेल स्काउट पिक

११.  नेपालमा सवैभन्दा बढी पाटेबाघ (रोयल बङ्गाल टाइगर) पाइने राष्ट्रिय निकुञ्ज कुन हो ?

 चितवन राष्ट्रिय निकुञ्ज

१२.  नेपालको सवैभन्दा उच्च स्थानबाट बगेको अरुण नदीलाई अर्को के नामले चिनिन्छ ?

 फुङ्चु

१३. सरकारले भुक्तानी सन्तुलन कायम गर्न तथा विदेशी विनिमय सञ्चिति बढाउने उद्देश्यका साथ कति प्रकारका वस्तुको आयातमा प्रतिबन्ध लगाएको छ ? 

 १०

– पेट्रोलियम पदार्थको मूल्यवृद्धि भइरहेको तथा अमेरिकी डलरको सञ्चितिसमेत घटिरहेको अवस्थामा दुवैको खपत घटाउने रणनीतिअनुसार सरकारले दुई दिन बिदा दिने निर्णय गरेको । 

– सरकारले मुलुकभित्र कम आवश्यक पर्ने, विलासीजन्य र स्वास्थ्यमा नकारात्मक असर पार्ने विभिन्न १० प्रकारका वस्तुको आयातमा प्रतिबन्ध लगाएको । 

– आयातमा बन्देज लगाइएका वस्तुमा कुरकुरे, कुरमुरे, लेज र यस्तै उत्पादनहरू, सबै प्रकारका मदिरा (कच्चा पदार्थबाहेक), हिरा, ६ सय अमेरिकी डलरभन्दा बढी मूल्यका मोबाइल सेट, ३२ इन्चभन्दा माथिका रंगीन टेलिभिजन, जीप, कार र भ्यान (एम्बुलेन्स र शव वाहनबाहेक), २५० सीसी माथिका मोटरसाइकल, तास र सबै प्रकारका खेलौना रहेका । 

– ती वस्तु आयातमा २०७९ असार मसान्तसम्मका लागि बन्देज लगाइएको । 

१४.  सरकारी कार्यालयका साइनबोर्डहरू नेपालीमा राख्नुपर्ने व्यवस्था कहिलेदेखि भएको हो ?

 वि.सं. २०१८ जेठ ९

१५.  नेपालमा ओलम्पिक सङग्रहालय कहाँ छ ?

 त्रिपुरेश्वर (काठमाडौँ)

१६. देशभरिका मालपोत कार्यालयमा अनलाइन प्रणाली कहिलेदेखि लागू गरिएको हो ?

 वि.सं. २०७८ असार २३

– ६ वर्ष अघि (२०७२ श्रावण २५) मालपोत कार्यालय कलंकीबाट सुरु भएको भू–अभिलेख सूचना व्यवस्थापन प्रणाली असार २३ देखि १२६ वटै मालपोत कार्यालयमा लागू भएको । यसअघि ११८ कार्यालयमा सुरु भइसकेकोमा सो दिन वाँकी ८ कार्यालयमा पनि अनलाइन प्रणाली कार्यान्वयन भएको भूमि व्यवस्थापन तथा अभिलेख विभागले जनाएको ।

– कागजी प्रक्रियामा चल्दै आएको मालपोत कार्यालय अनलाइन प्रणालीमा गएसँगै मालपोत प्रशाासन डिजिटल युगमा प्रदेश गरेको ।

– यो प्रणाली सुरु भएपछि नै सर्वसाधारणले आप्mनो घरजग्गाको विवरण (क्षेत्रफल, सँधियार रोक्का, राजस्व लगायत) मोबाइल एपमै हेर्न सक्ने ।

– देशभरका मालपोत कार्यालयमा लागू गरिएका अनलाइन सेवा प्रणालीबाट अव यस कार्यालयको सेवा छिटो, छरितो, पारदर्शी र विश्वसनीय हुने ।

१७.  नेपालको कुन हिमाललाई ‘म्याटरहर्न अफ हिमालयज’ उपनामले चिनिन्छ ?

 माछापुच्छे्र 

१८.  दक्षिण एसियाली ओलम्पिक काउन्सिलको सचिवालय कहाँ राख्ने निर्णय भएको छ ?

 नेपाल 

१९.  पारवहनका लागि नेपाली रेलले वीरगञ्ज र विराटनगरदेखि कोलकाता÷हर्दियासम्म रेल सेवा दिन सक्ने सम्बन्धी सम्झौतामा कहिले सहमति भएको हो ?

 वि.सं. २०७८ असार २५

(नेपाल र भारत वीच संशोधित रेल सेवा सम्झौता अनुसार नेपालबाट तेस्रो मुलुकसँगको व्यापारका लागि भारतीय निजी क्षेत्रको रेल सेवा समेत उपयोग गर्न सकिने भएको । यस अघि निश्चित कम्पनीबाट सञ्चालित रेल सेवा मात्र ढुवानीका लागि प्रयोग गर्नुपर्ने बाध्यात्मक अवस्था रहेकोमा अब भने धेरै विकल्प खुला भएको ।)

२०.  नेपालमा अप्टिकल फाइबर विछ्याउने कार्यको सुरुवात कहिले देखि गरिएको हो ?

 वि.सं. २०७६ जेठ ६

– ‘डिजिटल पूर्वाधार समृद्धिको आधारः हाम्रो प्रयास सूचना प्रविधिको विस्तार’ नाराका साथ अप्टिकल फाइवर बिछ्याउने कार्य धादिङको गल्छीका साथै सिन्धुलीको खुुर्कोट र धनकुटाको हिलेबाट सुरुवात भएको ।

– अप्टिकल फाइबरमार्फत उच्च गतिको व्यान्डविथ प्रवाह गर्न सकिने ।

२१.  फाइनान्सियल एक्सन टाक्स फोर्सको पूर्ण सदस्यता प्राप्त गर्ने पहिलो अरब मुलुक कुन हो ?

 साउदी अरव 

२२.  ‘एक नर्स एक विद्यालय’ नामक अभियान सञ्चालन गर्ने प्रदेश कुन हो ?

 बाग्मती प्रदेश

२३.  अन्तर्राष्ट्रिय विकास सहायता परिचालन नीति कार्यान्वयन समितिको अध्यक्ष को हुने व्यवस्था छ ?

 अर्थमन्त्री 

२४. गिद्ध प्रजनन केन्द्र कहाँ छ ? 

 चितवनको कसरा

– चितवन (चितवन राष्ट्रिय निकुञ्ज) को कसरामा सन् २००८ मा सो प्रजनन केन्द्र स्थापना गरिएको । 

– सो केन्द्र स्थापना भएको १४ वर्षको अवधिमा जम्मा १८ ओटा बच्चा कोरलेर हुर्किएका । 

– पछिल्लो तीन वर्षमा गिद्धले कुनै पनि चल्ला कोरल्न नसकेको । 

– कृत्रिम रूपमा गरिएको प्रजननभन्दा प्राकृतिकरूपमा प्रभावकारी देखिएपछि प्रकृतिमै संरक्षणमा जोड दिइएको । 

– प्रकृतिमै गिद्ध धेरै हुन थालेको र प्रजनन केन्द्र पनि प्रभावकारी नभएपछि सो केन्द्र बन्द गर्न लागिएको । 

२०७९ साउनसम्ममा त्यहाँका गिद्ध नवलपरासीको पिठौलीस्थित जटायु रेस्टुराँमा लगिने र प्रजनन केन्द्र बन्द गरिने जनाइएको । 

२५.  संयुक्त राष्ट्रसङ्घ अन्तर्गत जलवायु परिवर्तन सम्वन्धमा आवश्यक नीति निर्माण एवं वैज्ञानिक तथ्यहरूको विश्लेषण गर्ने उद्देश्यका साथ अन्तरदेशीय निकाय (आइपीसीसी) को गठन कहिले गरिएको हो ?

 सन् १९८८

२६.  संयुक्त राष्ट्रसङ्घीय मानव अधिकार परिषद् सदस्यमा नेपाल पुनः कहिले निर्वाचित भएको हो ?

 सन् २०२० अक्टोवर १३

– नेपाल सन् २०२१–२०२३ सम्मको कार्याकालका लागि निर्वाचित भएको ।

– यसअघि नेपाल सन् २०१८–२०२० सम्मको कार्यकालका लागि निर्वाचित भएको ।

– यस परिषद्मा एसिया प्रशान्त क्षेत्रबाट १३, अफ्रिकाबाट १३, पूर्वी युरोपबाट ६, ल्याटिन अमेरिका र क्यारेबियन क्षेत्रबाट ८, पश्चिम युरोप र अन्यबाट ७ राष्ट्र गरी ४७ सदस्य रहने प्रावधान ।

– यस संस्थाको स्थापना सन् २००६ मार्च १५ मा भएको ।

– यसको प्रधान कार्यालय स्वीटजरल्यान्डको जेनेभामा रहेको ।

२७. जलवायु परिवर्तन र विश्वव्यापी द्वन्द्व बढ्दै जाँदा हुने विश्वव्यापी खाद्य सङ्कट रोक्नका लागि उल्लेख्य भूमिका निर्वाह गर्न सक्ने स्रोत केलाई मानिएको छ ? 

 बीउ बैंक

– अनुसन्धानकर्ताहरूले विश्वका हरेक पाँचमध्ये दुई खाद्य प्रजाति लोप हुने जोखिममा रहेको जनाएका । 

– हाल पृथ्वीमा कम्तीमा दुई लाख खाद्य प्रजाति रहेका ।

– राम्रो खालका बीउ बैङ्कहरू कृषिमा जलवायु ङ्ंकटको नकारात्मक प्रभाव कम गर्न महत्वपूर्ण हुने । 

– विश्वमा हाल झण्डै एक हजार सात सय बीउ बैङ्क वा जिन बैङ्क रहेका । 

२८.  दार्चुलास्थित त्रिदेशीय सीमा क्षेत्र छाङ्रुमा सशस्त्र प्रहरीको बोर्डर आउट पोस्ट स्थापना कहिले गरिएको हो ?

 वि.सं. २०७७ वैशाख ३१

२९. आयामेली कवि भनेर तिलविक्रम नेम्वाङ (वैरागी काइँला) लाई चिनिन्छ भने ‘आधुनिक कवि’ भनी कसलाई चिनिन्छ ?

 गोपालप्रसाद रिमाल

३०.  नेपालमा औद्योगिक गणनाको थालनी कहिलेदेखि भएको हो ?

 वि.सं. २०२२

प्रस्तुतकर्ता : टङ्क केसी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Subscribe to studyloksewa we provide free loksewa practice matarial

subscribe to loksewa Youtube channel for free loksewa practice matarial . thankyou