काठमाडौं, जेठ १० गते। अमेरिकाबाट नेपाल फर्काइएका पाँच वटा ऐतिहासिक मूर्ति मंगलबार पुरातत्व विभागलाई हस्तान्तरण गरिएको छ।
मूर्ति फिर्ता गर्न पाउँदा नेपालस्थित अमेरिकी मिसनले खुशी व्यक्त गरेको छ। मिसन उपप्रमुख म्यानुएल मिकल्लेरले संस्कृति, पर्यटन, तथा नागरिक उड्डयन मन्त्री प्रेमबहादुर आलेको उपस्थितिमा अमेरिकाबाट फिर्ता ल्याइएका मूर्ति पुरातत्व विभागलाई हस्तान्तरण गर्नुभएको हो ।