समाचार

चितवनमा भेटियो ‘चाइनिज पोन्ड हेरोन’ प्रजातिको चरा

चितवनमा भेटियो ‘चाइनिज पोन्ड हेरोन’ प्रजातिको चरा

समाचार
चीन र भारतमा पाइने ‘चाइनिज पोन्ड हेरोन’ प्रजातिको चरा चितवनमा पनि भेटिएको छ । चरा विज्ञहरूले भेटेको यो चरा नेपालमा पहिलो पटक देखिएको चराका क्षेत्रमा लामो समयदेखि अध्ययन अनुसन्धान गर्दै आउनुभएका वासु बिडारीले जानकारी दिनुभयो ।  चितवनको खैहरनी नगरपालिका–११ स्थित गैडहवामा पहिलो पटक यो चरा भेटिएको हो । बकुल्ला जातको यो चरा फेला परेसँगै नेपालमा भेटिने चराको प्रजातिको सङ्ख्या बढेको छ । नेपालमा हालसम्म ८९० प्रजातिका चरा भेटिएको अभिलेख रहेको छ । तीमध्ये चितवनमा मात्रै ६५० प्रजातिका रहेका बताइन्छ । सौराहाका नेचर गाइड तथा फोटोग्राफर राजु तामाङले जुलाई १ तारिखमा पहिलो पटक यो चरालाई देखेपछि उहाँले रियर वर्ड कमिटीसँग परामर्शमा पुग्नुभएको थियो । कमिटीले प्रमाणित गरेसँगै नयाँ प्रजातिको चरा नेपालमा पनि सूचीकृत भएको बिडारीले बताउनुभयो ।  ‘चाइनिज पोन्ड हेरोन’ एक किसिमको  फिरन्ते चरा हो ।...
लोक सेवाले लिएको खाद्य संस्थानको लिखित परीक्षा रद्द

लोक सेवाले लिएको खाद्य संस्थानको लिखित परीक्षा रद्द

लोकसेवा, समाचार, सूचना
लोक सेवा आयोगबाट अधिकृतका लागि लिइएको नेपाल खाद्य संस्थानको लिखित परीक्षा रद्द गरिएको छ । पदपूर्ति समितिको जेठ २४ को निर्णयअनुसार उक्त लिखित परीक्षा रद्द गरिएको हो । २०७५ चैत २६ र २७ गते लिइएको परीक्षा रद्द गरिएको हो । लोक सेवाले पनि जेठ १६ मा उक्त लिखित परीक्षा रद्दा गर्न निर्देशन दिएको थियो । खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले उक्त लिखित परीक्षा रद्द भएको आज सूचना निकालेर जानकारी गराएको छ । सर्वोच्च अदालतको २०७७ फागुन १० को फैसला र लोक सेवाको २०७८ पुस २६ को निर्णयबाट ती परीक्षा रद्द भएका हुन्। ...
अमेरिकाबाट फिर्ता ल्याइएका मूर्ति पुरातत्व विभागलाई हस्तान्तरण

अमेरिकाबाट फिर्ता ल्याइएका मूर्ति पुरातत्व विभागलाई हस्तान्तरण

समाचार
काठमाडौं, जेठ १० गते। अमेरिकाबाट नेपाल फर्काइएका पाँच वटा ऐतिहासिक मूर्ति मंगलबार पुरातत्व विभागलाई हस्तान्तरण गरिएको छ।  मूर्ति फिर्ता गर्न पाउँदा नेपालस्थित अमेरिकी मिसनले खुशी व्यक्त गरेको छ। मिसन उपप्रमुख म्यानुएल मिकल्लेरले संस्कृति, पर्यटन, तथा नागरिक उड्डयन मन्त्री प्रेमबहादुर आलेको उपस्थितिमा अमेरिकाबाट फिर्ता ल्याइएका मूर्ति पुरातत्व विभागलाई हस्तान्तरण गर्नुभएको हो । ...
सार्वजनिक यातायातको भाडा वृद्धि

सार्वजनिक यातायातको भाडा वृद्धि

समाचार
काठमाडौँ, जेठ ११ गते । सार्वजनिक यातायातको भाडा दुई सातामा दोस्रो पटक वृद्धि भएको छ । पेट्रोलियम पदार्थको लगातार मूल्य वृद्धि भएपछि सार्वजनिक यातायातको भाडा पनि सोहीअनुसार समायोजन गर्नु परेको यातायात व्यवस्था विभागले जनाएको छ ।  विभागका अनुसार हालको भाडादरमा यात्रुवाहक सवारीमा २.१ प्रतिशत वृद्धि भएको छ । पहाडी सडकमा सञ्चालन हुने मालवाहक सवारीमा २.७ प्रतिशत वृद्धि भएको छ । तराईमा सञ्चालन हुने मालवाहक सवारीमा ३ प्रतिशतले भाडादर वृद्धि भएको छ ।   पेट्रोलियम पदार्थमा एकै पटक पाँच प्रतिशत मूल्य थपघट हुँदा वैज्ञानिक भाडादरका आधारमा स्वचालित मूल्य प्रणालीअनुसार समायोजन गर्नुपर्ने नीति भएकाले भाडा वृद्धि भएको हो । विभागले मङ्गलबारदेखि लागू हुने गरी अन्तर प्रदेश रुटमा चल्ने सार्वजनिक सवारीसाधनको भाडादर वृद्धि गरेको सूचनामार्फत जानकारी दिएको छ ।  यसअघि विभागले जेठ ३...
हिमालयशमशेरलाई जापानको उच्च सम्मान

हिमालयशमशेरलाई जापानको उच्च सम्मान

समाचार
काठमाडौँ, जेठ ११ गते  । नेपाल राष्ट्र बैङ्कका पहिलो गभर्नर हिमालयशमशेर जबरालाई जापान सरकारले उच्च श्रेणीको अवार्ड प्रदान गरेको छ । उहाँलाई ‘द अर्डर अफ जापान’अन्तर्गत ‘द अडर अफ द राइजिङ सन’को ‘गोल्ड एन्ड सिल्भर’ अवार्ड  प्रदान गरिएको हो । यो अवार्ड जापान सरकारले प्रदान गर्ने उच्च श्रेणीको सम्मानअन्तर्गत दोस्रो श्रेणीको सम्मान हो । काठमाडौंँमा मङ्गलबार आयोजित कार्यक्रममा जबरालाई नेपालका लागि जापानी राजदूत युताका किकुताले अवार्ड प्रदान गर्नुभएको हो । जापान सरकारले यो अवार्ड अन्तर्राष्ट्रिय सम्बन्धमा विशिष्ट उपलब्धि हासिल गरेका व्यक्तिका साथै आफ्नो मुलुकमा विशिष्ट योगदान पु-याउने व्यक्तित्वलाई प्रदान गरिन्छ ।अवार्ड ग्रहण गर्दै जबराले नेपाल राष्ट्र बैङ्कको पहिलो  गभर्नरको हैसियतमा आफूले गरेको कामबापत जापान सरकारले ‘द अर्डर अफ जापान’ प्रदान गरेकोमा खुसी व्यक्त ग...
कर्मचारीको हितमा निजामती ऐन ल्याउन सरकार प्रतिबद्ध छ : मन्त्री बडू

कर्मचारीको हितमा निजामती ऐन ल्याउन सरकार प्रतिबद्ध छ : मन्त्री बडू

समाचार
काठमाडौं, चैत ८ गते। कानुन, न्याय तथा संसदीय मामिलामन्त्री दिलेन्द्रप्रसाद बडूले सरकार निजामती सेवाका सबै कर्मचारीको हितमा हुने गरी सङ्घीय निजामती सेवा ऐन ल्याउन प्रतिबद्ध रहेको बताउनुभएको छ। नेपाल निजामती कर्मचारी युनियनको आठौँ अधिवेशनबाट निर्वाचित केन्द्रीय पदाधिकारीसहितको प्रतिनिधिमण्डलसँग  मन्त्रालयमा भएको अन्तरक्रियामा उहाँले तत्काल संसदबाट ऐन ल्याउने वातावरण नभएकाले अध्यादेशबाट भए पनि ऐन ल्याउने विषयमा छलफल भइरहेको बताउनुभयो। ऐनमा कर्मचारीका मागलाई सम्बोधन गर्न सरकारले अधिकतम प्रयास गर्ने उहाँको भनाइ थियो। मन्त्री बडूले कर्मचारी समायोजन, आन्तरिक प्रतिस्पर्धा, अनुमानयोग्य बढुवा, व्यक्तिगत सम्बन्धले नभई कामको आधारमा कर्मचारीको कार्यसम्पादन मूल्याङ्कन गर्ने परिपाटी, श्रेणीविहीनदेखि सबै तहका कर्मचारीको सरोकारका विषयमा सरकार सचेत रहेको उल्लेख गर्नुभयो।  ‘कर्मचारीक...
पारस र सावित्रा दशक उत्कृष्ट खेलाडी

पारस र सावित्रा दशक उत्कृष्ट खेलाडी

विषयगत, समाचार
काठमाडौँ, चैत ८ गते । नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्व कप्तान पारस खड्का र फुटबल खेलाडी सावित्रा भण्डारी ‘एनएसजेएफ पल्सर स्पोर्ट्स अवार्ड–२०७७’ को दशक खेलाडी अवार्डबाट सम्मानित हुनुभएको छ । नेपाल खेलकुद पत्रकार मञ्चले मंगलबार प्रज्ञाभवन कमलादीमा आयोजित भब्य कार्यक्रमबीच दशक खेलाडी पुरुषतर्फ पारस र महिलातर्फ सावित्रालाई अवार्ड प्रदान गरेको हो । उत्कृष्ट दशक प्रशिक्षकको अवार्ड क्रिकेट प्रशिक्षक जगत टमटालाई प्रदान गरियो । अवार्डसँगै पारस, सावित्रा र जगतले पल्सर मोटरसाइकल पुरस्कार पाउनुभयो । मञ्चले पल्सर स्पोर्ट्स अवार्डको यस १८औँ संस्करणमा कोरोनाका कारण २०७७ सालमा खेलकुदका उल्लेख्य गतिविधि नभएकाले पछिल्लो एक दशकमा नेपाली खेलकुदमा छाएका पुरुष, महिला खेलाडी, प्रशिक्षक र खेलकुदमा योगदान गरेका खेलकर्मीलाई विभिन्न १० विधामा अवार्ड प्रदान गरेको हो । पिपल्स च्वाइस अवार्ड एलिनाको ...
म्यादी प्रहरीको भर्ना खुल्यो

म्यादी प्रहरीको भर्ना खुल्यो

समाचार
स्थानीय तहको निर्वाचनका लागि म्यादी प्रहरीको भर्ना खुलेको छ। मंगलबार नेपाल प्रहरीले एक लाख म्यादी प्रहरीको भर्ना खुलाएको हो। प्रहरी प्रधान कार्यालय, मानवस्रोत एवम् प्रशासन विभागले सार्वजनिक गरेको सूचना चैत ६ गतेदेखि ११ गतेसम्म आवेदन दिन पाइने छ। उपत्यकाको हकमा महानगरीय प्रहरी परिसर र अन्य सबै जिल्ला प्रहरी कार्यालयमा पुगेर दरर्खास्त फारम बुझाउन पाइने छ। सरकारले आगामी वैशाख ३० गते स्थानीय तहको निर्वाचन मिति तोकेको छ। चुनावी प्रयोजनका लागि थप सुरक्षाकर्मी आवश्यक परेकोले सरकारले म्यादी प्रहरी भर्ना गर्न लागेको हो। ...
मानव विकास सूचकाङ्कमा प्रदेश

मानव विकास सूचकाङ्कमा प्रदेश

विषयगत, समाचार
विकास प्रक्रिया मानवीय अवधारणाको आधारभूमि हो । यो प्रक्रिया पूरा गर्न नेपालजस्तो विकासोन्मुख देशका लागि ग्रामीण अर्थतन्त्रको प्रचुर विकासबिना सम्भव देखिँदैन । नेपाल गाउँ–गाउँको संरचनाद्वारा निर्मित कृषिजन्य अर्थतन्त्रमा आधारित मुलुक हो । राष्ट्रिय बहुपक्षीय विकास योजनाको अवधारणा प्रारम्भ भएपछि विकास नै राष्ट्रिय चिन्तनको मूलधार बन्दै आएको छ । विगत ७२ वर्षको अन्तरालमा लागू गरिएका विभिन्न योजना/परियोजनाले देशको विविध क्षेत्रका विकाससम्बन्धी निर्देशक सिद्धान्तलाई प्रतिनिधित्व गर्दै आएका छन् । विकास कार्यक्रमका लागि सरकार र द्विपक्षीय एवं बहुपक्षीय वित्तीय सङ्घसंस्थाबाट अर्बांै धनराशि लगानी भइसक्दा पनि नेपाली जीवनस्तर माथि उठ्न सकेको छैन । यो मानव विकास सूचकाङ्कका लागि सकारात्मक सन्देश होइन । असमानता हटाउन र समग्र विकासको गतिलाई तीव्र पार्न क्षेत्रीय विकासको अवधारणा नीति अघि सारिएको हुन्छ ...