हिमालयशमशेरलाई जापानको उच्च सम्मान

काठमाडौँ, जेठ ११ गते  । नेपाल राष्ट्र बैङ्कका पहिलो गभर्नर हिमालयशमशेर जबरालाई जापान सरकारले उच्च श्रेणीको अवार्ड प्रदान गरेको छ । उहाँलाई ‘द अर्डर अफ जापान’अन्तर्गत ‘द अडर अफ द राइजिङ सन’को ‘गोल्ड एन्ड सिल्भर’ अवार्ड  प्रदान गरिएको हो । यो अवार्ड जापान सरकारले प्रदान गर्ने उच्च श्रेणीको सम्मानअन्तर्गत दोस्रो श्रेणीको सम्मान हो । काठमाडौंँमा मङ्गलबार आयोजित कार्यक्रममा जबरालाई नेपालका लागि जापानी राजदूत युताका किकुताले अवार्ड प्रदान गर्नुभएको हो ।

जापान सरकारले यो अवार्ड अन्तर्राष्ट्रिय सम्बन्धमा विशिष्ट उपलब्धि हासिल गरेका व्यक्तिका साथै आफ्नो मुलुकमा विशिष्ट योगदान पु-याउने व्यक्तित्वलाई प्रदान गरिन्छ ।अवार्ड ग्रहण गर्दै जबराले नेपाल राष्ट्र बैङ्कको पहिलो  गभर्नरको हैसियतमा आफूले गरेको कामबापत जापान सरकारले ‘द अर्डर अफ जापान’ प्रदान गरेकोमा खुसी व्यक्त गर्नुभयो । यो अवार्ड नेपाल राष्ट्र बैङ्कलाई समर्पित गर्ने उहाँले जानकारी दिनुभयो । जबराले गभर्नर हुँदा जापानमा नेपालको येन अकाउन्ट खोल्नुभएको थियो ।  

त्यसैका कारण नेपाल–जापानको विनिमयमा सहजता पैदा हुँदा दुई देशको आर्थिक सम्बन्ध विकास भएको थियो । जबराको पालमा खोलिएको येन अकाउन्ट अहिलेसम्म पनि जापानको राष्ट्रिय बैङ्कमा छ । जबरा राणा प्रधानमन्त्री श्री ३ देवशमशेर जबराका पनाति हुनुहुन्छ । देवशमशेर राणा प्रधानमन्त्री भएका बेला वि.सं. १९५८ वैशाख २४ गते नेपालको पहिलो समाचारपत्र गोरखपत्रको प्रकाशन आरम्भ भएको थियो ।

Source: gorkhapatra

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Subscribe to studyloksewa we provide free loksewa practice matarial

subscribe to loksewa Youtube channel for free loksewa practice matarial . thankyou