Tag: loksewagyan

लोक सेवाले लिएको खाद्य संस्थानको लिखित परीक्षा रद्द

लोक सेवाले लिएको खाद्य संस्थानको लिखित परीक्षा रद्द

लोकसेवा, समाचार, सूचना
लोक सेवा आयोगबाट अधिकृतका लागि लिइएको नेपाल खाद्य संस्थानको लिखित परीक्षा रद्द गरिएको छ । पदपूर्ति समितिको जेठ २४ को निर्णयअनुसार उक्त लिखित परीक्षा रद्द गरिएको हो । २०७५ चैत २६ र २७ गते लिइएको परीक्षा रद्द गरिएको हो । लोक सेवाले पनि जेठ १६ मा उक्त लिखित परीक्षा रद्दा गर्न निर्देशन दिएको थियो । खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले उक्त लिखित परीक्षा रद्द भएको आज सूचना निकालेर जानकारी गराएको छ । सर्वोच्च अदालतको २०७७ फागुन १० को फैसला र लोक सेवाको २०७८ पुस २६ को निर्णयबाट ती परीक्षा रद्द भएका हुन्। ...
लोकसेवा तयारी सामग्री (वस्तुगत प्रश्नोत्तर)

लोकसेवा तयारी सामग्री (वस्तुगत प्रश्नोत्तर)

IQ
१. वि.सं. २०७९ वैशाख ३० मा एकै चरणमा हुन लागेको स्थानीय तह निर्वाचनका लागि कति मतदाता कायम भएका छन् ? १,७७,३३,७२३ (पुरुष : ८९,९२,०१०, महिला : ८७,४१,५३० र यौनिक अल्पसङ्ख्यक :१८३)प्रदेशअनुसार मतदाता सङ्ख्या २. राजधानी काठमाडौँमा तेस्रो उद्यमशीलता सम्मेलन कहिले सम्पन्न भएको हो ? वि.सं. २०७८ चैत ९– ब्लक बी बिजनेस इनोभेसन्स र काठमाडौँस्थित भारतीय दूतावासको सहयोगमा सो कार्यक्रम आयोजना गरिएको ।– सम्मेलनमा तीन सयभन्दा बढी युवा व्यवसायीकोसहभागिता रहेको । ३. आर्ट एन्ड म्युजिक अवार्ड २०७८ मा लाइफटाइम एचिभमेन्ट अवार्ड कसलाई प्रदान गरियो ? दयाराम दाहाल– लोकप्रिय गायक आनन्द कार्कीलाई स्वरभूषण सम्मान र रङ्ग पत्रकार प्रकाश सुवेदीलाई रजत पत्रकारिता सम्मान प्रदान गरिएको ।– समारोहमा ‘हातमा घडी छ–२’बाट रविन लामिछानेलाई सर्वोत्कृष्ट लोकदोहोरी गायक र ‘पीर नभाको को छ र’बाट रमिला न्यौपानेलाई सर्वोत्...
लोकसेवा तयारी सामग्री (विषयगत प्रश्नोत्तर)

लोकसेवा तयारी सामग्री (विषयगत प्रश्नोत्तर)

विषयगत
ऊर्जा सङ्कट१. ऊर्जा सङ्कट भनेको के हो ? लेख्नुहोस् । प्राकृतिक स्रोत एवं मानव निर्मित स्रोतबाट प्राप्त हुने शक्ति ऊर्जा हो । यही ऊर्जा सरल सहज एवं सर्वसुलभ रूपमा उपलब्ध हुन नसकेको अवस्थालाई ऊर्जा सङ्कट भनिन्छ । ऊर्जाको कमी हुनु, अभाव हुनु वा मागबमोजिम प्राप्त नहुनु ऊर्जा सङ्कट हो । ऊर्जा देश विकासको आधार हो । नेपालमा अहिले पनि ऊर्जा सङ्कट विद्यमान छ । नेपालको औद्योगिक क्षेत्रमा औद्योगिक विकासमैत्री ऊर्जा सर्वसुलभ हुन नसकेकाले नेपालको आर्थिक विकासमा ऊर्जा सङ्कट एउटा बाधकका रूपमा रहेको छ । ऊर्जा सङ्कटले कृषि, शिक्षा, स्वास्थ्य, उद्योग, भौतिक पूर्वाधार निर्माणलगायत जनजीवनका प्रत्येक चरणमा प्रभाव पार्दछ । यसले सुत्केरी आमा, शिशु बच्चा, बालक, विद्यार्थी हुँदै वृद्धसम्म सबैलाई प्रभाव पार्दछ । यसले मुलुकको समग्र आर्थिक विकासमा बहुआयामिक रूपमा प्रत्यक्ष अप्रत्यक्ष प्रभाव पारेको पाइन्छ । त्यसैले ...
 वनरक्षक पदमा ठुलो संख्यामा विज्ञापन खुल्यो

 वनरक्षक पदमा ठुलो संख्यामा विज्ञापन खुल्यो

लोकसेवा, सूचना
काठमाडौं, चैत ९ गते । सुदूरपश्चिम प्रदेश लोकसेवाले वनरक्षक पदमा ठुलो संख्यामा विज्ञापन खुलाएको छ । वनरक्षक पदमा खुला, समावेशी गरेर जम्मा १६७ पदका लागि आवेदन माग भएको हो । दरखास्त दिने अन्तिम मिति २०७८।१२।२९ गतेसम्म र दोब्बर दस्तुर तिरी २०७९।०१।०६ गतेसम्म रहेको छ ।
लोकसेवा तयारी सामग्री (विषयगत प्रश्नोत्तर)

लोकसेवा तयारी सामग्री (विषयगत प्रश्नोत्तर)

विषयगत
अर्थतन्त्रको समग्र विकास१. सार्वजनिक बडापत्र सम्बन्धमा नेपालमा व्यवस्थाबारे सङ्क्षेपमा चर्चा गर्नुहोस् । सार्वजनिक निकायले सेवा प्रवाहसम्बन्धमा सेवाग्राहीप्रति गर्ने लिखित प्रतिबद्धता सार्वजनिक बडापत्र हो । यो सार्वजनिक वस्तु तथा सेवा प्रदान गर्ने कार्यालयले उपलब्ध गराउने वस्तु तथा सेवा, लाग्ने समय, जिम्मेवार कर्मचारी, प्रक्रिया, दस्तुरलगायतका विषयमा सर्वसाधारण नागरिक, सेवाग्राही एवं उपभोक्तासँग गर्ने प्रतिबद्धताको विवरण हो । यसले सार्वजनिक निकाय र नागरिकबीच असल सम्बन्ध विकास गर्न सहयोग गर्ने नागरिकमैत्री कार्य गर्ने भएकाले यसलाई नागरिक बडापत्र पनि भनिन्छ । नेपालमा यससम्बन्धमा निम्न व्यवस्था रहेको छ :– सुशासन (व्यवस्थापन तथा सञ्चालन) ऐन, २०६४ र नियमावली, २०६५ लागू गरिएको छ,– उक्त ऐन नियमले सरकारी कार्यालयमा नागरिक बडापत्र राख्नुपर्ने व्यवस्था गरेको छ,– नागरिक बडापत्रमा उल्लेख गर्नुपर्ने ...
लोकसेवा तयारी सामग्री (वस्तुगत प्रश्नोत्तर)

लोकसेवा तयारी सामग्री (वस्तुगत प्रश्नोत्तर)

GK
१. सार्वजनिक खरिद नियमावलीको ११औँ संशोधनअनुसार कति रुपियाँसम्मको लागत अनुमान भएको ठेक्कामा स्वदेशी बोलपत्रदाताबीच मात्र प्रतिस्पर्धा गराइने भएको छ ? तीन अर्ब रुपियाँ– यसअघि एक अर्ब रुपियाँसम्मको लागत अनुमान भएको ठेक्कामा मात्र स्वदेशी बोलपत्रदाताबीच प्रतिस्पर्धा गराउने व्यवस्था रहेको ।संशोधित नियमावलीले गरेका अन्य थप व्यवस्था– एउटा निर्माण कम्पनीले पाँचवटाभन्दा बढी ठेक्कालिन नपाइने ।– पूर्वयोग्यताका न्यूनतम तीनवटा योग्य आवेदक नभए पुनः सूचना निकाल्नुपर्ने ।– समुदायबीच प्रतिस्पर्धामार्फत पाँच करोड रुपियाँसम्मका काम गराउन सकिने ।– १० अर्ब रुपियाँसम्मको ठेक्कामा स्वदेशी कम्पनीसँगको संयुक्त उपक्रम अनिवार्य गरिएको ।– कुनै पनि निर्माण ठेक्काको सम्झौता गर्नुपूर्व ठेक्काको तीन महिनालाई पुग्ने रकमको बैङ्क ग्यारेन्टीको अनिवार्यतासम्बन्धी व्यवस्था हटाइएको । २. साउदी अरेबियाका राजकुमार तथा विदेशमन...
लोकसेवाले माग्यो ठूलो संख्यामा खरिदार (विज्ञापन सहित )

लोकसेवाले माग्यो ठूलो संख्यामा खरिदार (विज्ञापन सहित )

लोकसेवा, सूचना
लोकसेवा आयोगले ठूलो संख्यामा खरिदार माग गरेको छ । बुधवार (फागुन २५) गते गोरखापत्र दैनिकमा सूचना निकाल्दै आयोगले ठूलो संख्यामा खरिदार माग गरेको हो । 
बीमा समितिमा रोजगारीको अवसर

बीमा समितिमा रोजगारीको अवसर

लोकसेवा
बीमा समितिले खुल्ला/समावेशी तथा आन्तरिक प्रतियोगितात्मक लिखित परीक्षाको विज्ञापन निकालेको छ । समितिले शुक्रवार सूचना जारी गर्दै कुल २८ पदका लागि विज्ञापन खुलाएको हो । 
नागरिक उड्ययन प्राधिकरणमा रोजगारीको अवसर

नागरिक उड्ययन प्राधिकरणमा रोजगारीको अवसर

लोकसेवा
नेपाल नागरिक उड्ययन प्राधिकरणले विभिन्न तहका लागि दरखास्त आह्वान गरेको छ ।प्राधिकरणले विभिन्न पदमा ७४ जना जनशक्ति माग गरेको हो । दरखास्तका लागि प्राधिकरणको अनलाइनमार्फत फर्म भर्नुपर्ने छ ।
लोकसेवा तयारी सामग्री (विषयगत प्रश्नोत्तर)

लोकसेवा तयारी सामग्री (विषयगत प्रश्नोत्तर)

विषयगत
प्रदेश सरकारका दायित्व नेपालको संविधान जारी भएपछि प्रदेश सरकार नयाँ संरचनाका रूपमा अस्तित्वमा आएको छ । प्रदेशलाई आफ्नो प्रशासनिक संरचना आफैँ बनाउन सक्ने स्वायत्तता छ । प्रदेश सरकार संवैधानिक कार्य जिम्मेवारी अनुकूल हुने सङ्गठन संरचना, कर्मचारी व्यवस्थापन, योजना तथा कार्यक्रम निर्माण, कार्यविधि र कानुन निर्माण, अनुगमन तथा स्थानीय तहबीचको समन्वय तथा सङ्घ र स्थानीय तहबीच पुल बन्ने गरी अगाडि बढ्न सके मात्र प्रदेश सरकारको औचित्य पुष्टि हुन्छ । प्रदेश सरकारको प्रभावकारिताले सङ्घीय प्रणालीको सफलतामा योगदान पुग्ने हुन्छ । यस परिप्रेक्षमा प्रदेश सरकारले प्राथमिकताका साथ चाल्नुपर्ने कदमबारे देहायका कुरालाई विचार गरी कार्यान्वयनयोग्य सुझावसहितको प्रतिवेदन प्रस्तुत गर्नुहोस् । (२०७८ फागुन ६ मा उपसचिवका लागि सोधिएको प्रश्न)– क. प्रदेश सरकारले संविधानतः खेल्न सक्ने उत्तम भूमिका र सम्पादन गर्न सक्ने...