Tag: लोकसेवा

लोक सेवाले लिएको खाद्य संस्थानको लिखित परीक्षा रद्द

लोक सेवाले लिएको खाद्य संस्थानको लिखित परीक्षा रद्द

लोकसेवा, समाचार, सूचना
लोक सेवा आयोगबाट अधिकृतका लागि लिइएको नेपाल खाद्य संस्थानको लिखित परीक्षा रद्द गरिएको छ । पदपूर्ति समितिको जेठ २४ को निर्णयअनुसार उक्त लिखित परीक्षा रद्द गरिएको हो । २०७५ चैत २६ र २७ गते लिइएको परीक्षा रद्द गरिएको हो । लोक सेवाले पनि जेठ १६ मा उक्त लिखित परीक्षा रद्दा गर्न निर्देशन दिएको थियो । खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले उक्त लिखित परीक्षा रद्द भएको आज सूचना निकालेर जानकारी गराएको छ । सर्वोच्च अदालतको २०७७ फागुन १० को फैसला र लोक सेवाको २०७८ पुस २६ को निर्णयबाट ती परीक्षा रद्द भएका हुन्। ...
लोकसेवा तयारी सामग्री (वस्तुगत प्रश्नोत्तर)

लोकसेवा तयारी सामग्री (वस्तुगत प्रश्नोत्तर)

GK
१. सरकारले कहिलेदेखि हप्ताको दुई दिन सार्वजनिक बिदा दिने निर्णय गरेको छ ?   वि.सं. २०७९ जेठ १  – २०७९ वैशाख १३ को मन्त्रिपरिषद् बैठकले शनिबार र आइतबार बिदा दिने निर्णय गरेको ।  – अब बिहान ९ः३० देखि साँझ ५ः३० बजेसम्म कार्यालय समय कायम हुने ।  – इन्धन खपत घटाउन भन्दै सरकारले साताको दुई दिन सार्वजनिक बिदाको व्यवस्था गरेको ।  – यो निर्णय हाललाई परीक्षणका रूपमा लागु हुने मन्त्रिपरिषद्को निर्णयमा उल्लेख । – यसअघि तत्कालीन सरकारले २०५६ सालमा पनि हप्ताको २ दिन सार्वजनिक बिदा दिने निर्णय गरेको थियो । तर उक्त निर्णय एक वर्ष पनि नहुँदै परिवर्तन  भएको थियो ।  २. केन्द्रीय तथ्याङ्क विभागले २०७९ वैशाखमा सार्वजनिक गरेको प्रतिवेदनअनुसार आ.व. २०७८÷७९ मा नेपालको आर्थिक वृद्धिदर कति हुने अनुमान गरेको छ ?   ५.८४ प्रतिशत ३. लुनकरणदास–गङ्ग...
लोकसेवा तयारी सामग्री (विषयगत प्रश्नोत्तर)

लोकसेवा तयारी सामग्री (विषयगत प्रश्नोत्तर)

विषयगत
सहकारी संस्थामा सञ्चालक समितिको गठन तथा काम, कर्तव्य र अधिकार १.  गाउँपालिकाको अध्यक्ष तथा नगरपालिकाको प्रमुखको काम, कर्तव्य र अधिकार के के हुन् ? लेख्नुहोस् ।   गाउँपालिका तथा नगरपालिकाको कार्यपालिकाको कार्यविभाजन र कार्यसम्पादनसम्बन्धी व्यवस्था सम्बन्धित कार्यपालिकाले स्वीकृत गरेको नियमावली बमोजिम हुने र यस्तो कार्य विभाजन नियमावलीमा अध्यक्ष तथा प्रमुख, उपाध्यक्ष तथा उपप्रमुख, वडाध्यक्ष र सदस्यको काम, कर्तव्य र अधिकार उल्लेख भएको हुनुपर्ने व्यवस्था छ । उपरोक्त बमोजिमको नियमावलीबाट पदाधिकारीको कार्यविभाजन, काम, कर्तव्य र अधिकार नतोकिएसम्मको लागि गाउँपालिकाको अध्यक्ष तथा नगरपालिकाको प्रमुखको काम, कर्तव्य अधिकार देहाय बमोजिम हुने व्यवस्था स्थानीय सरकार सञ्चालन ऐन, २०७४ मा उल्लेख छ :  – पालिकाको सभा तथा कार्यपालिकाको बैठक बोलाउने र बैठकको अध्यक्षता गर्ने, – पालिक...
लोकसेवा तयारी सामग्री (वस्तुगत प्रश्नोत्तर)

लोकसेवा तयारी सामग्री (वस्तुगत प्रश्नोत्तर)

IQ
१. वि.सं. २०७९ वैशाख ३० मा एकै चरणमा हुन लागेको स्थानीय तह निर्वाचनका लागि कति मतदाता कायम भएका छन् ? १,७७,३३,७२३ (पुरुष : ८९,९२,०१०, महिला : ८७,४१,५३० र यौनिक अल्पसङ्ख्यक :१८३)प्रदेशअनुसार मतदाता सङ्ख्या २. राजधानी काठमाडौँमा तेस्रो उद्यमशीलता सम्मेलन कहिले सम्पन्न भएको हो ? वि.सं. २०७८ चैत ९– ब्लक बी बिजनेस इनोभेसन्स र काठमाडौँस्थित भारतीय दूतावासको सहयोगमा सो कार्यक्रम आयोजना गरिएको ।– सम्मेलनमा तीन सयभन्दा बढी युवा व्यवसायीकोसहभागिता रहेको । ३. आर्ट एन्ड म्युजिक अवार्ड २०७८ मा लाइफटाइम एचिभमेन्ट अवार्ड कसलाई प्रदान गरियो ? दयाराम दाहाल– लोकप्रिय गायक आनन्द कार्कीलाई स्वरभूषण सम्मान र रङ्ग पत्रकार प्रकाश सुवेदीलाई रजत पत्रकारिता सम्मान प्रदान गरिएको ।– समारोहमा ‘हातमा घडी छ–२’बाट रविन लामिछानेलाई सर्वोत्कृष्ट लोकदोहोरी गायक र ‘पीर नभाको को छ र’बाट रमिला न्यौपानेलाई सर्वोत्...
लोकसेवा तयारी सामग्री (विषयगत प्रश्नोत्तर)

लोकसेवा तयारी सामग्री (विषयगत प्रश्नोत्तर)

विषयगत
सार्वजनिक बडापत्रको महत्त्व १. स्थानीय कार्यपालिकाले गर्ने कार्य के के हुन् ? लेख्नुहोस् । नेपालको संविधान तथा स्थानीय सरकार सञ्चालन ऐन, २०७४ बमोजिम स्थानीय कार्यपालिकाले गर्ने कार्य निम्नअनुसार छन् :– स्थानीय करका दर प्रस्ताव गर्ने,– स्थानीय कानुनको मस्यौदा तयार गर्ने,– आफ्नो क्षेत्रभित्र शान्ति सुरक्षा कायम गर्ने,– आधारभूत सेवा प्रवाह गर्ने,– स्थानीय बजेट तर्जुमा गर्ने,– स्थानीय कानुन कार्यान्वयन गर्ने, गराउने,– स्थानीय तहमा विकासात्मक कार्य गर्ने, सडक, विद्युत्, खानेपानी, सञ्चार आदि ।– स्थानीय तहमा आकस्मिक रूपमा गर्नुपर्ने कार्य जस्तै : आगलागी, बाढीपहिरो, भूकम्प आदिको उद्धार कार्य गर्ने,– स्थानीय तहमा सुशासन कायम गर्ने । २. सार्वजनिक बडापत्रको महत्त्वबारे चर्चा गर्नुहोस् । सार्वजनिक वस्तु तथा सेवा प्रदान गर्ने कार्यालयले उपलब्ध गराउने वस्तु तथा सेवा, लाग्ने समय, जिम्मेवार कर्मच...
लोकसेवा तयारी सामग्री (वस्तुगत प्रश्नोत्तर)

लोकसेवा तयारी सामग्री (वस्तुगत प्रश्नोत्तर)

GK
१. जनकपुरधामको नाट्यकला परिषद् (मिनाप)द्वारा होलीको अवसरमा प्रदान गरिँदै आएको महामूर्खको उपाधि यस वर्ष (वि.सं. २०७८) कसलाई प्रदान गरियो ? डा. भोगेन्द्र झा (मधेस प्रदेशको नीति आयोगका उपाध्यक्ष)– होली पर्वको पूर्वसन्ध्यामा हुने महामूर्ख सम्मेलनमा सामाजिक, राजनीतिक लगायतका क्षेत्रमा उल्लेखनीय काम गर्ने व्यक्तिलाई मिनापद्वारा महामूर्खको उपाधिदिने गरिएको ।– मिनापले महामूर्खका साथै विभिन्न पदवीबाट समाजका अगुवालाई वि.सं. २०६१ देखि सम्मान गर्दै आएको । २. चीनका स्टेट काउन्सिलर तथा विदेशमन्त्री वाङ यीद्वारा तीनदिने नेपाल भ्रमण कहिले भएको हो ? वि.सं. २०७८ चैत ११–१३ (सन् २०२२ मार्च २५–२७) ३. प्रतिष्ठित इन्दिरा गान्धी प्रियदर्शिनी लाइफटाइम एचिभमेन्ट अवार्ड कसलाई प्रदान गरियो ? प्रमिला आचार्य रिजाल (नेपालस्थित दक्षिण एसियाली महिला विकास मञ्चकी अध्यक्ष)– सार्क राष्ट्रका महिला उद्यमशीलता प्रवद्र...
 वनरक्षक पदमा ठुलो संख्यामा विज्ञापन खुल्यो

 वनरक्षक पदमा ठुलो संख्यामा विज्ञापन खुल्यो

लोकसेवा, सूचना
काठमाडौं, चैत ९ गते । सुदूरपश्चिम प्रदेश लोकसेवाले वनरक्षक पदमा ठुलो संख्यामा विज्ञापन खुलाएको छ । वनरक्षक पदमा खुला, समावेशी गरेर जम्मा १६७ पदका लागि आवेदन माग भएको हो । दरखास्त दिने अन्तिम मिति २०७८।१२।२९ गतेसम्म र दोब्बर दस्तुर तिरी २०७९।०१।०६ गतेसम्म रहेको छ ।
लोकसेवा तयारी सामग्री (विषयगत प्रश्नोत्तर)

लोकसेवा तयारी सामग्री (विषयगत प्रश्नोत्तर)

विषयगत
अर्थतन्त्रको समग्र विकास१. सार्वजनिक बडापत्र सम्बन्धमा नेपालमा व्यवस्थाबारे सङ्क्षेपमा चर्चा गर्नुहोस् । सार्वजनिक निकायले सेवा प्रवाहसम्बन्धमा सेवाग्राहीप्रति गर्ने लिखित प्रतिबद्धता सार्वजनिक बडापत्र हो । यो सार्वजनिक वस्तु तथा सेवा प्रदान गर्ने कार्यालयले उपलब्ध गराउने वस्तु तथा सेवा, लाग्ने समय, जिम्मेवार कर्मचारी, प्रक्रिया, दस्तुरलगायतका विषयमा सर्वसाधारण नागरिक, सेवाग्राही एवं उपभोक्तासँग गर्ने प्रतिबद्धताको विवरण हो । यसले सार्वजनिक निकाय र नागरिकबीच असल सम्बन्ध विकास गर्न सहयोग गर्ने नागरिकमैत्री कार्य गर्ने भएकाले यसलाई नागरिक बडापत्र पनि भनिन्छ । नेपालमा यससम्बन्धमा निम्न व्यवस्था रहेको छ :– सुशासन (व्यवस्थापन तथा सञ्चालन) ऐन, २०६४ र नियमावली, २०६५ लागू गरिएको छ,– उक्त ऐन नियमले सरकारी कार्यालयमा नागरिक बडापत्र राख्नुपर्ने व्यवस्था गरेको छ,– नागरिक बडापत्रमा उल्लेख गर्नुपर्ने ...
पारस र सावित्रा दशक उत्कृष्ट खेलाडी

पारस र सावित्रा दशक उत्कृष्ट खेलाडी

विषयगत, समाचार
काठमाडौँ, चैत ८ गते । नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्व कप्तान पारस खड्का र फुटबल खेलाडी सावित्रा भण्डारी ‘एनएसजेएफ पल्सर स्पोर्ट्स अवार्ड–२०७७’ को दशक खेलाडी अवार्डबाट सम्मानित हुनुभएको छ । नेपाल खेलकुद पत्रकार मञ्चले मंगलबार प्रज्ञाभवन कमलादीमा आयोजित भब्य कार्यक्रमबीच दशक खेलाडी पुरुषतर्फ पारस र महिलातर्फ सावित्रालाई अवार्ड प्रदान गरेको हो । उत्कृष्ट दशक प्रशिक्षकको अवार्ड क्रिकेट प्रशिक्षक जगत टमटालाई प्रदान गरियो । अवार्डसँगै पारस, सावित्रा र जगतले पल्सर मोटरसाइकल पुरस्कार पाउनुभयो । मञ्चले पल्सर स्पोर्ट्स अवार्डको यस १८औँ संस्करणमा कोरोनाका कारण २०७७ सालमा खेलकुदका उल्लेख्य गतिविधि नभएकाले पछिल्लो एक दशकमा नेपाली खेलकुदमा छाएका पुरुष, महिला खेलाडी, प्रशिक्षक र खेलकुदमा योगदान गरेका खेलकर्मीलाई विभिन्न १० विधामा अवार्ड प्रदान गरेको हो । पिपल्स च्वाइस अवार्ड एलिनाको ...
लोकसेवा तयारी सामग्री (विषयगत प्रश्नोत्तर)

लोकसेवा तयारी सामग्री (विषयगत प्रश्नोत्तर)

विषयगत
सार्वजनिक बडापत्र १. सार्वजनिक बडापत्र भनेको के हो ? यसका विशेषताहरू उल्लेख गर्नुहोस् । सार्वजनिक वस्तु तथा सेवा प्रदान गर्ने कार्यालयले उपलब्ध गराउने वस्तु तथा सेवा, लाग्ने समय, जिम्मेवार कर्मचारी, प्रक्रिया, दस्तुरलगायतका विषयमा सर्वसाधारण नागरिक, सेवाग्राही एवं उपभोक्तासँग गर्ने प्रतिबद्धताको विवरणलाई सार्वजनिक बडापत्र भनिन्छ । यो सार्वजनिक वस्तु तथा सेवा प्रदायक निकायले नागरिकप्रति गर्ने खुला प्रतिबद्धता हो । यसले सार्वजनिक निकाय र नागरिकबीच असल सम्बन्ध विकास गर्न सहयोग गर्छ । यो सर्वसाधारण नागरिकप्रति जारी गरिने भएकाले यसलाई नागरिक बडापत्र पनि भनिन्छ ।– राज्यका तर्फबाट प्रदान गरिने सेवामा कुनै कमी नहोस् साथै सेवा प्रदान गर्ने राज्यका अधिकारी वर्गहरू जवाफदेही बन्न सकून् भन्ने उद्देश्यका साथ सार्वजनिक बडापत्रको अवधारणा आएको हो ।– विश्वमा सार्वजनिक बडापत्रको सुरुवात सन् १९९१ मा बेला...