लोकसेवा तयारी सामग्री (वस्तुगत प्रश्नोत्तर)

१. जनकपुरधामको नाट्यकला परिषद् (मिनाप)द्वारा होलीको अवसरमा प्रदान गरिँदै आएको महामूर्खको उपाधि यस वर्ष (वि.सं. २०७८) कसलाई प्रदान गरियो ?
 डा. भोगेन्द्र झा (मधेस प्रदेशको नीति आयोगका उपाध्यक्ष)
– होली पर्वको पूर्वसन्ध्यामा हुने महामूर्ख सम्मेलनमा सामाजिक, राजनीतिक लगायतका क्षेत्रमा उल्लेखनीय काम गर्ने व्यक्तिलाई मिनापद्वारा महामूर्खको उपाधि
दिने गरिएको ।
– मिनापले महामूर्खका साथै विभिन्न पदवीबाट समाजका अगुवालाई वि.सं. २०६१ देखि सम्मान गर्दै आएको ।

२. चीनका स्टेट काउन्सिलर तथा विदेशमन्त्री वाङ यीद्वारा तीनदिने नेपाल भ्रमण कहिले भएको हो ?
 वि.सं. २०७८ चैत ११–१३ (सन् २०२२ मार्च २५–२७)

३. प्रतिष्ठित इन्दिरा गान्धी प्रियदर्शिनी लाइफटाइम एचिभमेन्ट अवार्ड कसलाई प्रदान गरियो ?
 प्रमिला आचार्य रिजाल (नेपालस्थित दक्षिण एसियाली महिला विकास मञ्चकी अध्यक्ष)
– सार्क राष्ट्रका महिला उद्यमशीलता प्रवद्र्धनमा उत्कृष्ट महिलाको उपलब्धि हासिल गर्नेलाई यो पुरस्कार
प्रदान गरिने ।

४. हाल (२०७८ फागुन) नेपालमा जीवन बीमा कम्पनी कति वटा रहेका छन् ?
 १९ वटा
– (त्यसैगरी निर्जीवन बीमा कम्पनी २० र पुनर्बीमा कम्पनी दुईवटा रहेका ।)

५. सत्यमोहन जोशी लोकसाहित्य सङ्ग्रहालय उद्घाटन कहिले गरियो ?
 वि.सं. २०७८ फागुन २८
– (पाटन वंखुबहालस्थित जोशीको घरमा सत्यमोहन जोशी लोक साहित्य सङ्ग्रहालय स्थापना गरिएको ।)

६. जलवायु परिवर्तनको असरबारे विश्वको ध्यानाकर्षण गराउने उद्देश्यका साथ विभिन्न क्षेत्रका ४० महिलाको समूहद्वारा १० बुँदे कालापत्थर घोषणापत्र कहिले जारी गरियो ?
 वि.सं. २०७८ फागुन २४
– विभिन्न क्षेत्रका प्रतिष्ठित ४० जना महिलाको समूहले काठमाडौँबाट १३ दिने पदयात्रा गरी अन्तर्राष्ट्रिय महिला दिवसका अवसरमा एक विशेष कार्यक्रम आयोजना गरी सो घोषणापत्र जारी गरेको ।
– कार्यक्रम/अभियानको नारा वुमन युनाइटेड फर क्लाइमेट जस्टिस रहेको ।

७. बिम्स्टेकको पाँचौँ शिखर सम्मेलनको आयोजना कहाँ तय गरिएको छ ?
 श्रीलङ्काको कोलम्बो (सन् २०२२ मार्च ३०)

८. लोकसेवा आयोगको दोस्रो राष्ट्रिय सम्मेलन कहिले सम्पन्न भयो ?
 वि.सं. २०७८ फागुन २३–२४, रुपन्देही
– (प्रथम सम्मेलन वि.सं. २०७७ फागुन २३–२४ मा काभ्रेको धुलिखेलमा भएको ।)

९. गान्धी पिस फाउन्डेसनद्वारा प्रदान गरिने अन्तर्राष्ट्रियस्तरको गान्धी नोबेल पिस अवार्ड २०२२ बाट सम्मानित हुने नेपाली को हुन् ?
 गणेशप्रसाद घिमिरे

१०. विश्व दिगो विकास शिखर सम्मेलन २०२२ को आयोजना कहाँ तय गरिएको छ ?
 भारत

११. ग्लोबल फेमेली डे २०२२ को नारा के रहेको छ ?
 वान डे इन पिस

१२. युरोपेली संस्था आईक्यू एयरले प्रकाशित गरेको विश्वको वायुको गुणस्तरसम्बन्धी प्रतिवेदन २०२१ अनुसार प्रदूषित राजधानीमा काठमाडौँ कति औँ (सन् २०२१ मा) स्थानमा परेको छ ?
 छैटौँ
– प्रदूषित राजधानीको सूचीमा भारतको राजधानी नयाँदिल्ली पहिलो स्थानमा रहेको ।
– नेपाल प्रदूषित मुलुकको १०औँ स्थानमा रहेको । यस सूचीमा बङ्गलादेश पहिलो स्थानमा रहेको ।
– प्रदूषणबाट सन् २०२१ मा मध्य र दक्षिण एसिया सबैभन्दा बढी प्रताडित भएको आईक्यू एयरले उल्लेख गरेको ।
– डब्लूएचओले सन् २०२१ मा वायु प्रदूषणको मापदण्ड पुनरवलोकन गर्दै पीएम २.५ को मानक वार्षिक १० बाट घटाएर ५ कायम गरेको ।
– वायु प्रदूषणसम्बन्धी मापदण्ड, २०६९ ले पीएम २.५ को मात्र २४ घण्टामा ४० माइक्रोग्राम प्रतिघनमिटर कायम गरेको तथापि हिउँदमा काठमाडौँ र तराईका सहरमा यो मात्र तीन सयदेखि चार सयसम्म पनि पुग्ने गरेको ।
– डब्लूएचओले यो मापदण्ड पुनरवलोकन गरेर २५ प्रतिशतले घटाई १५ माइक्रोग्राम प्रतिघनमिटर कायम गरेको ।

१३. बाल ब्रह्मचारी षडानन्द अधिकारीले भोजपुरको दिङ्लामा संस्कृत पाठशालाको स्थापना कहिले गरेका थिए ?
 वि.सं. १९३२

१४. तुलसी मेहरद्वारा जनचेतना जगाउने उद्देश्यका साथ सञ्चालन गरिएको चर्खा प्रचारमा रोक लगाउने राणा प्रधानमन्त्री को हुन् ?
 भीमशमशेर

१५. स्काइल्याब भन्नाले के बुझिन्छ ?
 पृथ्वीका बारेमा विविध प्रकारका अनुसन्धान गर्न अन्तरिक्षमा स्थापित प्रयोगशाला

१६. प्रसिद्ध धार्मिक तथा पर्यटकीय स्थल नमोबुद्ध कहाँ रहेको छ ?
 काभ्रे
– जिल्ला सदरमुकाम धुलिखेलबाट १३ किलोमिटर र राजधानीबाट ४३ किलोमिटरको दूरीमा अवस्थित नमोबुद्ध बौद्ध धर्मावलम्बीको पवित्र तीर्थस्थल मानिन्छ ।
– गौतम बुद्धको अघिल्लो जन्म नमोबुद्धमा भएको धार्मिक किंवदन्ती रहेको छ ।
– बौद्ध धर्मावलम्बीले कार्तिक पूर्णिमामा विशेष मेला भर्ने यस स्थानमा साउन महिनामा गुँला पर्व एवं हरेक पूर्णिमा र औँसीमा पनि दर्शनार्थी जुट्ने गर्छन् ।

१७. शारदा पत्रिका सर्वप्रथम कहिले र कसको सम्पादकत्वमा प्रकाशित भएको थियो ?
 वि.सं. १९९१ फागुन, रिद्धिबहादुर मल्ल

१८. नेपालमा चिया खेतीको सुरुवात कहिले र कहाँबाट भएको हो ?
 वि.सं. १९२०, इलाम

१९. नेपाली साहित्यिक क्षेत्रमा अस्वीकृत कवि उपनामले चिनिने स्रष्टा को हुन् ?
 डा. कविताराम श्रेष्ठ

२०. सामरिक महìवको मैलुङ–स्याफ्रुबँेसी सडकखण्डको लम्बाइ कति रहेको छ ?
 १७ कि.मी.

२१. नेपाली सेना कहिलेदेखि संयुक्त राष्ट्रसङ्घीय शान्ति सेनामा सहभागी हुँदै आएको छ ?
 सन् १९५८
– (संयुक्त राष्ट्रसङ्घीय शान्ति सेनालाई ‘बल्यु हेल्मेट्स’ भनी चिनिने ।)

२२. लुम्बिनी प्रदेशद्वारा कुन ठाउँलाई ढाकाको राजधानी घोषणा गरिएको हो ?
 पाल्पा (वि.सं. २०७८ चैत १२)
– पाल्पाली ढाकालाई पहिचान दिन र आन्तरिक उत्पादनलाई स्वदेश तथा विदेशमा निर्यात गर्न जिल्लालाई ढाकाको राजधानी घोषणाले सहयोग पुग्ने विश्वास गरिएको ।
– पाल्पा जिल्लाले विगत छ दशकदेखि नै ढाका उत्पादन गर्दैै आएको ।
– हाल पाल्पा जिल्लामा एक दर्जनभन्दा बढी ढाका
उद्योग रहेका ।

२३. नेपालमा कमलरी प्रथामुक्त घोषणा कहिले गरिएको हो ?
 वि.सं. २०७० साउन ३
– (कमैया प्रथामुक्त घोषणा वि.सं. २०५७ साउन २ र हलिया प्रथामुक्त घोषणा २०६५ भदौ २१ मा गरिएको ।)

२४. चारकुने मुद्रा प्रचलनमा ल्याउने मल्ल राजा को हुन् ?
 प्रताप मल्ल

२५. वासुशशी साहित्य सम्मान–२०७८ कसलाई प्रदान गरियो ?
 साहित्यकार शैलेन्द्र साकार र मोमिला जोशी
– वासुशशी साहित्य पुरस्कार २०७७ साहित्यकार राधेश्याम लेकालीलाई प्रदान गरिएको ।
– त्यस्तै ध्रुव मधिकर्मीलाई कुमार सरस्वती पुरस्कार २०७८ प्रदान गरिएको ।

२६. पल्सर स्पोर्टस् अवार्डमा दशककै उत्कृष्ट खेलाडी घोषित हुन सफल प्रतिभा को हुन् ?
 पारस खड्का (क्रिकेट) र सावित्रा भण्डारी (फुटबल)
– टेबलटेनिसकी महिला खेलाडी एलिना महर्जन पल्सर स्पोर्टस् अवार्डअन्तर्गत पिपल्स च्वाइस बन्न
सफल भएकी ।
– धाविका पुष्पा भण्डारी स्पेसल अवार्ड पर्फमर अफ दि इयरबाट सम्मानित भएकी ।

२७. नेपालमा जिरो हङ्गर च्यालेन्ज अभियान औपचारिक रूपमा कहिले सुरु भएको हो ?
 वि.संं. २०७१ पुस ४

२८. विश्वका विदेश महिला मन्त्रीहरूको सम्मेलन पहिलोपल्ट कहिले आयोजना गरियो ?
 सन् २०१८ सेप्टेम्बर २१–२२

२९. विश्व आर्थिक मञ्चद्वारा ‘ग्लोबल सेन्टर फर साइबर सेक्युरिटी’को स्थापना कहिले गरियो ?
 सन् २०१८ जनवरी २६
– साइबर आक्रमणका घटनालाई निरुत्साहित गरी सुरक्षित साइबर स्पेस उपलब्ध गराउने उद्देश्यले यो संस्था स्थापना गरिएको ।
– सन् २०१८ मार्चदेखि कार्यारम्भ गरेको उक्त केन्द्रको प्रमुख कार्यालय स्विट्जरल्यान्डको जेनेभामा रहेको ।

३०. बेस्ट सीएसआर कमर्सियल बैङ्क नेपाल अवार्ड २०२२ बाट सम्मानित बैङ्क कुन हो ?
 मेगा बैङ्क
– सिङ्गापुरको वल्र्ड बिजनेस आउटलुकका अनुसार सामाजिक संस्थागत उत्तरदायित्वअन्तर्गत मेगा बैङ्क सो अवार्डबाट सम्मानित भएको ।
– त्यस्तै मेगा बैङ्ककी सीईओ अनुपमा खुञ्जेलीले वुमन बैङ्किङ सीईओ अफ दि इयर अवार्ड २०२२ उपाधि हासिल गरेकी ।
प्रस्तुतकर्ता : टङ्क केसी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Subscribe to studyloksewa we provide free loksewa practice matarial

subscribe to loksewa Youtube channel for free loksewa practice matarial . thankyou