
चेपाङ गाउँमा भोकमरी
GK, IQ, अनुसन्धान, अर्थ, कृषि, घटना, पर्यटन, बिज्ञान प्रबिधि, बिश्व, राजनीति, रोचक प्रसङ्ग, लोकसेवा, विषयगत, शिक्षा, समाचार, सूचना, स्वस्थ-जीवनशैली
खोरिया खनेर उत्पादन गरेको अन्नपातले मुस्किलले पाँच महिना खान पुग्छ । ज्याला नगरी परिवार पाल्न सकिँदैन । ज्याला पनि गर्न नपाएपछि दक्षिणी धादिङको चेपाङ समुदायमा यतिखेर भोकमरी लागेको छ । कोरोना महामारी नियन्त्रणका लागि जारी निषेधाज्ञाका कारण बेनिघाट रोराङ गाउँपालिका वडा नम्बर २, ६ र ८ का अधिकांश चेपाङको परिवारमा खाद्यान्न सकिएपछि भोकमरीको समस्या परेको हो ।
चेपाङ बस्तीमा अनिकाल शुरु भएको तिन महिना भएको छ । अन्य समयमा अभाव र भोकसँग जुध्दै आइरहेका छन् । गाउँपालिकाको वडा नं। ८ का वडा सदस्य कुलमान चेपाङको परिवारसमेत खानेकुराको अभाव झेलिरहेको छ । यसअघि काम गरेको ज्याला दिने साहुलेसमेत बैँक बन्द भएकोले ज्याला दिन नसकेको भनेर पैसा नदिएको उनको गुनासो छ ।
सो गाउँपालिका–८, जिरवाङकी ३४ वर्षीया सन्तलाल चेपाङ परिवारमा भोकमरी लेसताएको तिन महिना भएको बताउँदै खानेकुरा अभावमा चार पाँच दिनमा ए...