लोकसेवा

लोक सेवाले लिएको खाद्य संस्थानको लिखित परीक्षा रद्द

लोक सेवाले लिएको खाद्य संस्थानको लिखित परीक्षा रद्द

लोकसेवा, समाचार, सूचना
लोक सेवा आयोगबाट अधिकृतका लागि लिइएको नेपाल खाद्य संस्थानको लिखित परीक्षा रद्द गरिएको छ । पदपूर्ति समितिको जेठ २४ को निर्णयअनुसार उक्त लिखित परीक्षा रद्द गरिएको हो । २०७५ चैत २६ र २७ गते लिइएको परीक्षा रद्द गरिएको हो । लोक सेवाले पनि जेठ १६ मा उक्त लिखित परीक्षा रद्दा गर्न निर्देशन दिएको थियो । खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले उक्त लिखित परीक्षा रद्द भएको आज सूचना निकालेर जानकारी गराएको छ । सर्वोच्च अदालतको २०७७ फागुन १० को फैसला र लोक सेवाको २०७८ पुस २६ को निर्णयबाट ती परीक्षा रद्द भएका हुन्। ...
 वनरक्षक पदमा ठुलो संख्यामा विज्ञापन खुल्यो

 वनरक्षक पदमा ठुलो संख्यामा विज्ञापन खुल्यो

लोकसेवा, सूचना
काठमाडौं, चैत ९ गते । सुदूरपश्चिम प्रदेश लोकसेवाले वनरक्षक पदमा ठुलो संख्यामा विज्ञापन खुलाएको छ । वनरक्षक पदमा खुला, समावेशी गरेर जम्मा १६७ पदका लागि आवेदन माग भएको हो । दरखास्त दिने अन्तिम मिति २०७८।१२।२९ गतेसम्म र दोब्बर दस्तुर तिरी २०७९।०१।०६ गतेसम्म रहेको छ ।
लोकसेवाले माग्यो ठूलो संख्यामा खरिदार (विज्ञापन सहित )

लोकसेवाले माग्यो ठूलो संख्यामा खरिदार (विज्ञापन सहित )

लोकसेवा, सूचना
लोकसेवा आयोगले ठूलो संख्यामा खरिदार माग गरेको छ । बुधवार (फागुन २५) गते गोरखापत्र दैनिकमा सूचना निकाल्दै आयोगले ठूलो संख्यामा खरिदार माग गरेको हो । 
बीमा समितिमा रोजगारीको अवसर

बीमा समितिमा रोजगारीको अवसर

लोकसेवा
बीमा समितिले खुल्ला/समावेशी तथा आन्तरिक प्रतियोगितात्मक लिखित परीक्षाको विज्ञापन निकालेको छ । समितिले शुक्रवार सूचना जारी गर्दै कुल २८ पदका लागि विज्ञापन खुलाएको हो । 
नागरिक उड्ययन प्राधिकरणमा रोजगारीको अवसर

नागरिक उड्ययन प्राधिकरणमा रोजगारीको अवसर

लोकसेवा
नेपाल नागरिक उड्ययन प्राधिकरणले विभिन्न तहका लागि दरखास्त आह्वान गरेको छ ।प्राधिकरणले विभिन्न पदमा ७४ जना जनशक्ति माग गरेको हो । दरखास्तका लागि प्राधिकरणको अनलाइनमार्फत फर्म भर्नुपर्ने छ ।
बागमती प्रदेश लोकसेवा आयोगद्वारा कोटा थप

बागमती प्रदेश लोकसेवा आयोगद्वारा कोटा थप

लोकसेवा
बागमती प्रदेश लोकसेवा आयोगले कोटा थप गरेको छ । बागमती प्रदेश लोकसेवा आयोगले कोटा थप गस्थानीय तहका विभिन्न सेवा समूहका प्राविधिक तथा अप्राविधिक तर्फका छैटौं र स्वास्थ्य सेवातर्फका आठौं तहका पदहरुमा ज्यष्ठता र कार्यसम्पादन मुल्याङ्कनद्वारा हुने बढुवा तर्फ र खुल्ला तर्फ विज्ञापन गरिरएका भन्दा थप घट गरिएको छ । psc ...
लोकसेवा तयारी सामग्री (वस्तुगत प्रश्नोत्तर)

लोकसेवा तयारी सामग्री (वस्तुगत प्रश्नोत्तर)

GK, लोकसेवा
१. सरकारले रामसार सूचीमा सूचीकृत फेवाताल र वरिपरिको जलाधार क्षेत्रलाई समेटेर संरक्षित जलाधार क्षेत्र घोषणा गर्ने निर्णय कहिले गरेको हो ? वि.सं. २०७८ माघ २४– वि.सं. २०७८ माघ २४ को मन्त्रिपरिषद बैठकले सो निर्णय गरेको ।– बैठकले फेवातालको प्राकृतिक संरचना यथावत् राखी संरक्षण गर्ने उद्देश्यका साथ सो निर्णय गरेको जनाएको ।– वि.सं. २०७८ माघ २५ मा मन्त्रिपरिषद बैठकको निर्णय सार्वजनिक गर्दै नेपाल सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीद्वारा सो जानकारी दिइएको । २. निजामती सूचना केन्द्र कहाँ निर्माण गर्न थालिएको छ ? निजामती किताबखाना (काठमाडौँ)– सबै निजामती कर्मचारीको व्यक्तिगत विवरणसहितको कर्मचारी सङ्केत नम्बर डिजिटलाइजेसन गर्दै निजामती किताबखानालाई निजामती सूचना केन्द्रका रूपमा निर्माण गर्न लागिएको ।– सूचना केन्द्र निर्माण भएपछि कर्मचारीको विगतदेखि हालसम्...
लोकसेवा तयारी सामग्री (विषयगत प्रश्नोत्तर)

लोकसेवा तयारी सामग्री (विषयगत प्रश्नोत्तर)

लोकसेवा, विषयगत
वित्तीय प्रणाली प्रभावकारी बनाइने १. नेपालमा तीन तहको योजना प्रणालीमा देखिएका समस्या के के हुन् ? उल्लेख गर्नुहोस् । आर्थिक सामाजिक रूपान्तरणका लागि गरिने व्यवस्थित कार्ययोजना प्रणाली हो । यसमा तोकिएका उद्देश्य, लक्ष्य प्राप्तिका लागि साधन स्रोतको व्यवस्थित परिचालन गरिन्छ । नेपालमा सङ्घीय प्रणाली लागू भएपछि सङ्घ, प्रदेश र स्थानीय तहसम्मका सरकारले आफ्ना विषयमा योजना बनाउन र कार्यान्वयन गर्न सक्ने व्यवस्था नेपालको संविधानले गरेको छ । संविधानको यही व्यवस्थाबमोजिम प्रदेश र स्थानीय तहमा समेत आवधिक योजना तयार हुने क्रम रहेको छ । राष्ट्रिय योजना आयोगले प्रदेश र स्थानीय तहको योजनालाई सहयोग एवं मार्गदर्शन गर्नका लागि प्रदेश योजना तर्जुमा दिग्दर्शन र स्थानीय तहको योजना तर्जुमा दिग्दर्शन उपलब्ध गराइसकेको अवस्था छ । राष्ट्रिय योजना आयोगले राष्ट्रिय योजना आयोग (गठन तथा कार्य सञ्चालन) आदेश, २०७४ बम...
उनन्चास हजार कर्मचारीको पद खाली

उनन्चास हजार कर्मचारीको पद खाली

GK, लोकसेवा, समाचार
काठमाडौँ, फागुन ४ गते । सङ्घ, प्रदेश र स्थानीय तीनवटै तहका गरी अहिले ४९ हजार कर्मचारीको दरबन्दी रिक्त छ । विभिन्न पदमा गरी कुल एक लाख ३६ हजार निजामती कर्मचारीको दरबन्दी रहेकोमा अहिले ८७ हजार कर्मचारीको मात्र दरबन्दी पूरा भएको र बाँकी ४९ हजार कर्मचारीको दरबन्दी रिक्त रहेको राष्ट्रिय किताबखाना (निजामती)ले जनाएको छ । ठूलो सङ्ख्यामा कर्मचारीको दरबन्दी रिक्त हुँदा विकास निर्माण र सेवा प्रवाहको काममा प्रत्यक्ष असर परेको छ । रिक्त दरबन्दीमध्ये अधिकांश प्राविधिक छन् । शिक्षा, स्वास्थ्य, इन्जिनियरिङ, कृषिलगायतका प्राविधिक र केही प्रशासनिक सेवाका कर्मचारीको दरबन्दी रिक्त रहेको किताबखानाले जनाएको छ । कोरोनाले गर्दा लोकसेवा आयोगको नियमित परीक्षा विभिन्न समयमा रोकिँदै गएको, कर्मचारीको सेवा अवकाश हुने सङ्ख्या बढ्दै गएको र सोही सङ्ख्यामा लोकसेवाबाट कर्मचारी पूर्ति गर्न नसकिएकाले ठूलो सङ्ख्याम...