
तुर्कमेनिस्तान ‘नरकको द्वार’ मा दन्किरहेको आगो निभाउन चाहन्छ
तुर्कमेनिस्तानका राष्ट्रपतिले काराकुम मरुभूमिस्थित 'नरकको द्वार' मा दशकौँदेखि बलिरहेको आगो निभाउने आदेश दिएका छन्।
एउटा विशाल खाडलमा लामो समयदेखि प्राकृतिक ग्यास बल्दा आगो दन्किरहेको देखिन्छ। उक्त खाल्डोलाई स्थानीय भाषामा 'दरबाजा' भनिने गरेको छ।
राष्ट्रपति गुर्बाङ्गुली बर्दिमुखामेडोभले पर्यावरणीय र स्वास्थ्यसम्बन्धी कारणले गर्दा उक्त आगो निभाउन खोजेका हुन्।
उनी देशबाट ग्यास निर्यात बढाउने प्रयासमा छन्।
कहाँ छ नरकको द्वार?
तुर्कमेनिस्तानको ७० प्रतिशत भूभागमा काराकुम मरुभूमि फैलिएको छ। उक्त मरुभूमिको क्षेत्रफल साढे तीन लाख वर्ग किलोमिटर छ।
मरुभूमिको उत्तरमा एउटा विशाल खाडल छ। उक्त खाडल कसरी बन्यो भन्ने स्पष्ट छैन।
तात्कालिक सोभियत सरकारले सन् १९७१ मा काराकुम मरुभूमिमा तेलखानी खोज्ने क्रममा गरेको ड्रिल बिग्रिएर बनेको भन्ने धेरैको धारणा छ।
तर झन्डै ६९ मिटर चौडाइ र ३० म...