
लोकसेवा तयारी सामग्री (वस्तुगत प्रश्नोत्तर)
१. वि.सं. २०७९ वैशाख ३० मा एकै चरणमा हुन लागेको स्थानीय तह निर्वाचनका लागि कति मतदाता कायम भएका छन् ? १,७७,३३,७२३ (पुरुष : ८९,९२,०१०, महिला : ८७,४१,५३० र यौनिक अल्पसङ्ख्यक :१८३)प्रदेशअनुसार मतदाता सङ्ख्या
२. राजधानी काठमाडौँमा तेस्रो उद्यमशीलता सम्मेलन कहिले सम्पन्न भएको हो ? वि.सं. २०७८ चैत ९– ब्लक बी बिजनेस इनोभेसन्स र काठमाडौँस्थित भारतीय दूतावासको सहयोगमा सो कार्यक्रम आयोजना गरिएको ।– सम्मेलनमा तीन सयभन्दा बढी युवा व्यवसायीकोसहभागिता रहेको ।
३. आर्ट एन्ड म्युजिक अवार्ड २०७८ मा लाइफटाइम एचिभमेन्ट अवार्ड कसलाई प्रदान गरियो ? दयाराम दाहाल– लोकप्रिय गायक आनन्द कार्कीलाई स्वरभूषण सम्मान र रङ्ग पत्रकार प्रकाश सुवेदीलाई रजत पत्रकारिता सम्मान प्रदान गरिएको ।– समारोहमा ‘हातमा घडी छ–२’बाट रविन लामिछानेलाई सर्वोत्कृष्ट लोकदोहोरी गायक र ‘पीर नभाको को छ र’बाट रमिला न्यौपानेलाई सर्वोत्...