कृषि

चेपाङ गाउँमा भोकमरी

चेपाङ गाउँमा भोकमरी

GK, IQ, अनुसन्धान, अर्थ, कृषि, घटना, पर्यटन, बिज्ञान प्रबिधि, बिश्व, राजनीति, रोचक प्रसङ्ग, लोकसेवा, विषयगत, शिक्षा, समाचार, सूचना, स्वस्थ-जीवनशैली
खोरिया खनेर उत्पादन गरेको अन्नपातले मुस्किलले पाँच महिना खान पुग्छ । ज्याला नगरी परिवार पाल्न सकिँदैन । ज्याला पनि गर्न नपाएपछि दक्षिणी धादिङको चेपाङ समुदायमा यतिखेर भोकमरी लागेको छ । कोरोना महामारी नियन्त्रणका लागि जारी निषेधाज्ञाका कारण बेनिघाट रोराङ गाउँपालिका वडा नम्बर २, ६ र ८ का अधिकांश चेपाङको परिवारमा खाद्यान्न सकिएपछि भोकमरीको समस्या परेको हो ।  चेपाङ बस्तीमा अनिकाल शुरु भएको तिन महिना भएको छ । अन्य समयमा अभाव र भोकसँग जुध्दै आइरहेका छन् । गाउँपालिकाको वडा नं। ८ का वडा सदस्य कुलमान चेपाङको परिवारसमेत खानेकुराको अभाव झेलिरहेको छ । यसअघि काम गरेको ज्याला दिने साहुलेसमेत बैँक बन्द भएकोले ज्याला दिन नसकेको भनेर पैसा नदिएको उनको गुनासो छ ।  सो गाउँपालिका–८, जिरवाङकी ३४ वर्षीया सन्तलाल चेपाङ परिवारमा भोकमरी लेसताएको तिन महिना भएको बताउँदै खानेकुरा अभावमा चार पाँच दिनमा ए...
कोरोना रोकथाम र नियन्त्रणमा सरकार जिम्मेवार बनेन : काँग्रेस

कोरोना रोकथाम र नियन्त्रणमा सरकार जिम्मेवार बनेन : काँग्रेस

GK, IQ, अनुसन्धान, अर्थ, कृषि, घटना, पर्यटन, बिज्ञान प्रबिधि, बिश्व, राजनीति, रोचक प्रसङ्ग, लोकसेवा, विषयगत, शिक्षा, समाचार, सूचना, स्वस्थ-जीवनशैली
नेपाली काँग्रेसका उपसभापति विमलेन्द्र निधिले पार्टीले क्रियाशिल सदस्यतालाई चाँडो टुङ्ग्याएर १४ औँ महाधिवेशन गर्नुपर्ने बताएका छन् । काँग्रेस काठमाडौँस्थित जिल्ला सम्पर्क समितिद्धारा आज यहाँ आयोजित ‘वर्तमान सङ्कटमा काँग्रेसको भूमिका’ विषयक भर्चुअल सम्वाद कार्यक्रममा उनले अब पार्टीका सबैतहले महाधिवेशनमा आफ्नो ध्यान केन्द्रीत गर्नुपर्छ भने ।  “आठ लाख हाराहारीमा क्रियाशिल सदस्यता पार्टी केन्द्रीय कार्यालयमा दर्ता भइसकेको छ, दर्ता हुन बाँकी रहेका क्रियाशिल सदस्यता पनि चाँडो टुङ्ग्याएर समयमा नै महाधिवेशन गर्नुपर्छ,” उनले भने । पूर्व उपप्रधानमन्त्री निधिले काँग्रेसले संविधानको धारा ७६ (५) अनुसार प्रधानमन्त्रीमा दावी गरेको बताए ।  काँग्रेस केन्द्रीय सदस्य अर्जुननरसिंह केसीले कोरोनाको नियन्त्रणमा सरकारले पूर्वतयारी गर्न नसक्दा भयावह अवस्था आएको आरोप लगाए। अर्का केन्द्...
५०४२ काेराेना संक्रमित थपिँदा, ८२४३ जना डिस्चार्ज

५०४२ काेराेना संक्रमित थपिँदा, ८२४३ जना डिस्चार्ज

GK, IQ, अनुसन्धान, अर्थ, कृषि, घटना, पर्यटन, बिज्ञान प्रबिधि, बिश्व, राजनीति, रोचक प्रसङ्ग, लोकसेवा, विषयगत, शिक्षा, समाचार, सूचना, स्वस्थ-जीवनशैली
नेपालमा कोरोना भाइरसका ५ हजार ४२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। नेपालमा आज ८ हजार २४३ जना कोरोना संक्रमित निको भएर घर फर्किएका छन् ।  योसँगै हालसम्म देशमा कोरोना हुनेको संख्या चार लाख ८४ हजार ३७३ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले शनिबार जनाएको छ । हाल देशभर सक्रिय संक्रमितको संख्या ९२ हजार ९२८ रहेको छ ।  ...
गण्डकीमा सत्ता समीकरण : नजर सर्वोच्चतिर

गण्डकीमा सत्ता समीकरण : नजर सर्वोच्चतिर

GK, IQ, अनुसन्धान, अर्थ, कृषि, घटना, पर्यटन, बिज्ञान प्रबिधि, बिश्व, राजनीति, रोचक प्रसङ्ग, लोकसेवा, विषयगत, शिक्षा, समाचार, सूचना, स्वस्थ-जीवनशैली
२१ जेठ, पोखरा । पार्टीको निर्देशन अवज्ञा गरेको भन्दै राष्ट्रिय जनमोर्चाले गण्डकी प्रदेशका प्रदेशसभा सदस्य कृष्ण थापालाई पदमुक्त गरेपछि विपक्षीहरुलाई लागेको थियो, अब नयाँ सरकार बन्छ । ५९ सदस्यीय सभामा सरकार गठनका लागि चाहिने ३० सांसद उनीहरुसँग देखिएको थियो पनि । नेपाली कांग्रेसका १५, माओवादी केन्द्रका १२ (सभामुखसहित) र जनता समाजवादी पार्टी र जनमोर्चाका २–२ सांसद विपक्षी गठबन्धनमा छन् । तर पदमुक्त भएका थापा सांसद पद कायम गरिपाउँ भन्दै सर्वोच्च अदालत गए । थापाको तर्फबाट शुक्रबार दायर रिटको पेश आइतबारका लागि तोकिएको छ । र, गण्डकी प्रदेशमा चलिरहेको सत्ताको रस्साकस्सीमा सबै दलको नजर सर्वोच्चतिर सोझिएको छ । सर्वोच्चबाट आउने निर्णयले गण्डकीमा नयाँ सरकार बन्छ कि केन्द्रमा जस्तै प्रदेशसभा भंग गरेर मध्यावधिमा जान्छ भन्ने निर्धारण गर्छ । २९ जेठभित्र विश्वासको मत लिनुपर्ने संवैधानिक बा...
माधव समूहको शर्त : कारबाही फिर्ता भए मात्र औपचारिक वार्ता

माधव समूहको शर्त : कारबाही फिर्ता भए मात्र औपचारिक वार्ता

GK, IQ, अनुसन्धान, अर्थ, कृषि, घटना, पर्यटन, बिज्ञान प्रबिधि, बिश्व, राजनीति, रोचक प्रसङ्ग, लोकसेवा, विषयगत, समाचार, सूचना, स्वस्थ-जीवनशैली
२२ जेठ, काठमाडौं । नेकपा एमालेका बरिष्ठ नेता माधवकुमार नेपाल समूहले पार्टी एकता जोगाउन शर्तसहित दुई विकल्प अगाडि बढाएको छ । शनिबार भर्चअुल माध्यमबाट बसेको स्थायी कमिटी बैठकले वार्ताको ढोका खुला राख्ने, तर समानान्तर संगठन (यो समूहको भाषामा पुनर्गठन) निर्माणको अभियान नरोक्ने निर्णय गरेको हो । बिहीबार र शुक्रबार केन्द्रीय सदस्यहरुले राखेको राय र पारित निर्णयमाथि स्थायी कमिटी बैठकमा छलफल भएको थियो । ‘हामी पार्टी एकताको पक्षमा छौं । त्यो एकता जोगाउनका निम्ति आवश्यक निर्णय भएको छ’, स्थायी कमिटी सदस्य बेदुराम भुसाल भन्छन् । बैठकले वार्ताको ढोका बन्द नगर्ने, तर औपचारिक वार्ताका निम्ति शर्त राख्ने निर्णय गरेको छ । त्यो भनेको शीर्ष नेताहरुलाई गरिएको कारबाही कायमै राखेर औपचारिक वार्ता हुन सक्दैन । कारबाहीको निर्णय फिर्ता भएपछि मात्रै औपचारिक वार्ताको वातावारण निर्माण हुनसक्ने बैठकको निष...
फेरि बढ्यो इन्धनको भाउ, पेट्रोलको मूल्य १२५ रुपैयाँ

फेरि बढ्यो इन्धनको भाउ, पेट्रोलको मूल्य १२५ रुपैयाँ

GK, IQ, अनुसन्धान, अर्थ, कृषि, घटना, पर्यटन, बिज्ञान प्रबिधि, बिश्व, राजनीति, रोचक प्रसङ्ग, लोकसेवा, विषयगत, समाचार, सूचना, स्वस्थ-जीवनशैली
२२ जेठ, काठमाडौं । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य पुनः बढाएको छ । डिजल, पेट्रोल, मट्टीतेल र आन्तरिक हवाई इन्धनको मूल्य प्रतिलिटर दुई रुपैयाँले वृद्धि गरिएको नेपाल आयल निगमले जनाएको छ । मूल्य वृद्धिपछि काठमाडौं उपत्यकामा पेट्रोलको मूल्य प्रतिलिटर १२५, डिजल तथा मट्टीतेलको १०८ र हवाई इन्धन आन्तरिकतर्फको मूल्य प्रतिलिटर ८० रुपैयाँ पुगेको निगमले जनाएको छ । निषेधाज्ञाकै बीचमा गत जेठ दुई गते पनि निगमले इन्धनको मूल्य वृद्धि गरेको थियो । भारतीय आयल कर्पोरेसनबाट बढेर प्राप्त भएको नयाँ मूल्यका कारण निगमको घाटा चुलिएकोे र मूल्य समायोजनको विकल्प नभएको दाबी निगमको छ । स्वचालित मूल्य प्रणाली कार्यान्वयन कार्यविधि अनुसार शनिबार राति १२ बजेबाट लागू हुने गरी बढेको भाउ कायम हुने र उक्त मूल्य समायोजनपछि पनि निगमलाई घाटा रहेको निगमका प्रवक्ता विनितमणि उपध्यायले बताए । मूल्य समायोजन पछ...
भारतलाई रिझाउन गिट्टी, बालुवा निकासीको राष्ट्रघाती निर्णय : विपक्षी गठबन्धन

भारतलाई रिझाउन गिट्टी, बालुवा निकासीको राष्ट्रघाती निर्णय : विपक्षी गठबन्धन

GK, IQ, अनुसन्धान, अर्थ, कृषि, घटना, पर्यटन, बिज्ञान प्रबिधि, बिश्व, राजनीति, रोचक प्रसङ्ग, लोकसेवा, विषयगत, समाचार, सूचना, स्वस्थ-जीवनशैली
२२ जेठ, काठमाडौं । विपक्षी गठबन्धनले गिट्टी, बालुवा र ढुंगा निकासी खुला गर्ने सरकारको निर्णय तत्काल खारेज गर्न माग गरेका छन् । यो सत्ता टिकाउन भारतलाई रिझाउने राष्ट्रहित विरोधी कदम भएको उनीहरुको ठहर छ । गठबन्धनका शीर्ष नेताहरुले शनिबार संयुक्त विज्ञप्ति जारी गर्दै ढुंगा, बालुवा र गिट्टीको निकासी गरेर व्यापार घाटा न्यूनीकरण गर्ने बजेट घोषणाको विरोध गरेका हुन् । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, एमाले नेता माधवकुमार नेपाल, जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादव र राष्ट्रिय जनमोर्चाकी उपाध्यक्ष दुर्गा पौडेलद्वारा हस्ताक्षरित विज्ञप्तिमा भनिएको छ, ‘यो नेपालको तराई क्षेत्रलाई मरुभूमिकरण गर्ने र त्यहाँका वासिन्दाहरुलाई बाढी, डुबान र पानीको श्रोत सुक्ने समस्यामा पार्दै जनजीवनलाई नै जोखिमयुक्त बनाउने राष्ट्रघाती र जनघाती घो...
Subscribe to studyloksewa we provide free loksewa practice matarial

subscribe to loksewa Youtube channel for free loksewa practice matarial . thankyou