
आर्थिक वृद्धिदर ४.१ प्रतिशत हुने
काठमाडौँ, वैशाख १४ गते । नेपालले ४.१ प्र्रतिशतको आर्थिक वृद्धिदर हासिल गर्ने अन्तर्राष्ट्रिय मुद्रा कोष (आईएमएफ)ले प्रक्षेपण गरेको छ । एसिया तथा प्रशान्त क्षेत्रका मुलुकको आर्थिक प्रक्षेपण सार्वजनिक गर्दै आईएमएफले सन् २०२२ मा नेपालले सोबराबरको आर्थिक वृद्धिदर हासिल गर्ने अनुमान सार्वजनिक गरेको हो ।
आईएमएफका अनुसार सन् २०२३ मा नेपालको आर्थिक वृद्धिदर ६.१ प्रतिशत पुग्ने अनुमान छ । सन् २०२१ म भने नेपालले २.१ प्रतिशतको आर्थिक वृद्धिदर हासिल गरेको आईएमएफले जनाएको छ ।
आईएमएफको प्रक्षेपणअनुसार छिमेकी मुलुक भारतले यस वर्ष ८.२ प्रतिशतको वृद्धिदर हासिल गर्नेछ । यो एसिया तथा प्रशान्त क्षेत्रका मुलुकमध्ये सबैभन्दा उच्च हो ।
त्यस्तै, चीनको वृद्धिदर भने गत वर्षको ८.१ प्रतिशतबाट घटेर ४.४ प्रतिशत पुग्ने प्रक्षेपण छ । दक्षिण एसियाली मुलुक बङ्गलादेश र श्रीलङ्काले यस वर्ष क्र...