Author: Study Loksewa

चितवनमा भेटियो ‘चाइनिज पोन्ड हेरोन’ प्रजातिको चरा

चितवनमा भेटियो ‘चाइनिज पोन्ड हेरोन’ प्रजातिको चरा

समाचार
चीन र भारतमा पाइने ‘चाइनिज पोन्ड हेरोन’ प्रजातिको चरा चितवनमा पनि भेटिएको छ । चरा विज्ञहरूले भेटेको यो चरा नेपालमा पहिलो पटक देखिएको चराका क्षेत्रमा लामो समयदेखि अध्ययन अनुसन्धान गर्दै आउनुभएका वासु बिडारीले जानकारी दिनुभयो ।  चितवनको खैहरनी नगरपालिका–११ स्थित गैडहवामा पहिलो पटक यो चरा भेटिएको हो । बकुल्ला जातको यो चरा फेला परेसँगै नेपालमा भेटिने चराको प्रजातिको सङ्ख्या बढेको छ । नेपालमा हालसम्म ८९० प्रजातिका चरा भेटिएको अभिलेख रहेको छ । तीमध्ये चितवनमा मात्रै ६५० प्रजातिका रहेका बताइन्छ । सौराहाका नेचर गाइड तथा फोटोग्राफर राजु तामाङले जुलाई १ तारिखमा पहिलो पटक यो चरालाई देखेपछि उहाँले रियर वर्ड कमिटीसँग परामर्शमा पुग्नुभएको थियो । कमिटीले प्रमाणित गरेसँगै नयाँ प्रजातिको चरा नेपालमा पनि सूचीकृत भएको बिडारीले बताउनुभयो ।  ‘चाइनिज पोन्ड हेरोन’ एक किसिमको  फिरन्ते चरा हो ।...
लोक सेवाले लिएको खाद्य संस्थानको लिखित परीक्षा रद्द

लोक सेवाले लिएको खाद्य संस्थानको लिखित परीक्षा रद्द

लोकसेवा, समाचार, सूचना
लोक सेवा आयोगबाट अधिकृतका लागि लिइएको नेपाल खाद्य संस्थानको लिखित परीक्षा रद्द गरिएको छ । पदपूर्ति समितिको जेठ २४ को निर्णयअनुसार उक्त लिखित परीक्षा रद्द गरिएको हो । २०७५ चैत २६ र २७ गते लिइएको परीक्षा रद्द गरिएको हो । लोक सेवाले पनि जेठ १६ मा उक्त लिखित परीक्षा रद्दा गर्न निर्देशन दिएको थियो । खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले उक्त लिखित परीक्षा रद्द भएको आज सूचना निकालेर जानकारी गराएको छ । सर्वोच्च अदालतको २०७७ फागुन १० को फैसला र लोक सेवाको २०७८ पुस २६ को निर्णयबाट ती परीक्षा रद्द भएका हुन्। ...
अमेरिकाबाट फिर्ता ल्याइएका मूर्ति पुरातत्व विभागलाई हस्तान्तरण

अमेरिकाबाट फिर्ता ल्याइएका मूर्ति पुरातत्व विभागलाई हस्तान्तरण

समाचार
काठमाडौं, जेठ १० गते। अमेरिकाबाट नेपाल फर्काइएका पाँच वटा ऐतिहासिक मूर्ति मंगलबार पुरातत्व विभागलाई हस्तान्तरण गरिएको छ।  मूर्ति फिर्ता गर्न पाउँदा नेपालस्थित अमेरिकी मिसनले खुशी व्यक्त गरेको छ। मिसन उपप्रमुख म्यानुएल मिकल्लेरले संस्कृति, पर्यटन, तथा नागरिक उड्डयन मन्त्री प्रेमबहादुर आलेको उपस्थितिमा अमेरिकाबाट फिर्ता ल्याइएका मूर्ति पुरातत्व विभागलाई हस्तान्तरण गर्नुभएको हो । ...
सार्वजनिक यातायातको भाडा वृद्धि

सार्वजनिक यातायातको भाडा वृद्धि

समाचार
काठमाडौँ, जेठ ११ गते । सार्वजनिक यातायातको भाडा दुई सातामा दोस्रो पटक वृद्धि भएको छ । पेट्रोलियम पदार्थको लगातार मूल्य वृद्धि भएपछि सार्वजनिक यातायातको भाडा पनि सोहीअनुसार समायोजन गर्नु परेको यातायात व्यवस्था विभागले जनाएको छ ।  विभागका अनुसार हालको भाडादरमा यात्रुवाहक सवारीमा २.१ प्रतिशत वृद्धि भएको छ । पहाडी सडकमा सञ्चालन हुने मालवाहक सवारीमा २.७ प्रतिशत वृद्धि भएको छ । तराईमा सञ्चालन हुने मालवाहक सवारीमा ३ प्रतिशतले भाडादर वृद्धि भएको छ ।   पेट्रोलियम पदार्थमा एकै पटक पाँच प्रतिशत मूल्य थपघट हुँदा वैज्ञानिक भाडादरका आधारमा स्वचालित मूल्य प्रणालीअनुसार समायोजन गर्नुपर्ने नीति भएकाले भाडा वृद्धि भएको हो । विभागले मङ्गलबारदेखि लागू हुने गरी अन्तर प्रदेश रुटमा चल्ने सार्वजनिक सवारीसाधनको भाडादर वृद्धि गरेको सूचनामार्फत जानकारी दिएको छ ।  यसअघि विभागले जेठ ३...
हिमालयशमशेरलाई जापानको उच्च सम्मान

हिमालयशमशेरलाई जापानको उच्च सम्मान

समाचार
काठमाडौँ, जेठ ११ गते  । नेपाल राष्ट्र बैङ्कका पहिलो गभर्नर हिमालयशमशेर जबरालाई जापान सरकारले उच्च श्रेणीको अवार्ड प्रदान गरेको छ । उहाँलाई ‘द अर्डर अफ जापान’अन्तर्गत ‘द अडर अफ द राइजिङ सन’को ‘गोल्ड एन्ड सिल्भर’ अवार्ड  प्रदान गरिएको हो । यो अवार्ड जापान सरकारले प्रदान गर्ने उच्च श्रेणीको सम्मानअन्तर्गत दोस्रो श्रेणीको सम्मान हो । काठमाडौंँमा मङ्गलबार आयोजित कार्यक्रममा जबरालाई नेपालका लागि जापानी राजदूत युताका किकुताले अवार्ड प्रदान गर्नुभएको हो । जापान सरकारले यो अवार्ड अन्तर्राष्ट्रिय सम्बन्धमा विशिष्ट उपलब्धि हासिल गरेका व्यक्तिका साथै आफ्नो मुलुकमा विशिष्ट योगदान पु-याउने व्यक्तित्वलाई प्रदान गरिन्छ ।अवार्ड ग्रहण गर्दै जबराले नेपाल राष्ट्र बैङ्कको पहिलो  गभर्नरको हैसियतमा आफूले गरेको कामबापत जापान सरकारले ‘द अर्डर अफ जापान’ प्रदान गरेकोमा खुसी व्यक्त ग...
लोकसेवा तयारी सामग्री (वस्तुगत प्रश्नोत्तर)

लोकसेवा तयारी सामग्री (वस्तुगत प्रश्नोत्तर)

GK
१. सरकारले कहिलेदेखि हप्ताको दुई दिन सार्वजनिक बिदा दिने निर्णय गरेको छ ?   वि.सं. २०७९ जेठ १  – २०७९ वैशाख १३ को मन्त्रिपरिषद् बैठकले शनिबार र आइतबार बिदा दिने निर्णय गरेको ।  – अब बिहान ९ः३० देखि साँझ ५ः३० बजेसम्म कार्यालय समय कायम हुने ।  – इन्धन खपत घटाउन भन्दै सरकारले साताको दुई दिन सार्वजनिक बिदाको व्यवस्था गरेको ।  – यो निर्णय हाललाई परीक्षणका रूपमा लागु हुने मन्त्रिपरिषद्को निर्णयमा उल्लेख । – यसअघि तत्कालीन सरकारले २०५६ सालमा पनि हप्ताको २ दिन सार्वजनिक बिदा दिने निर्णय गरेको थियो । तर उक्त निर्णय एक वर्ष पनि नहुँदै परिवर्तन  भएको थियो ।  २. केन्द्रीय तथ्याङ्क विभागले २०७९ वैशाखमा सार्वजनिक गरेको प्रतिवेदनअनुसार आ.व. २०७८÷७९ मा नेपालको आर्थिक वृद्धिदर कति हुने अनुमान गरेको छ ?   ५.८४ प्रतिशत ३. लुनकरणदास–गङ्ग...
लोकसेवा तयारी सामग्री (विषयगत प्रश्नोत्तर)

लोकसेवा तयारी सामग्री (विषयगत प्रश्नोत्तर)

विषयगत
सहकारी संस्थामा सञ्चालक समितिको गठन तथा काम, कर्तव्य र अधिकार १.  गाउँपालिकाको अध्यक्ष तथा नगरपालिकाको प्रमुखको काम, कर्तव्य र अधिकार के के हुन् ? लेख्नुहोस् ।   गाउँपालिका तथा नगरपालिकाको कार्यपालिकाको कार्यविभाजन र कार्यसम्पादनसम्बन्धी व्यवस्था सम्बन्धित कार्यपालिकाले स्वीकृत गरेको नियमावली बमोजिम हुने र यस्तो कार्य विभाजन नियमावलीमा अध्यक्ष तथा प्रमुख, उपाध्यक्ष तथा उपप्रमुख, वडाध्यक्ष र सदस्यको काम, कर्तव्य र अधिकार उल्लेख भएको हुनुपर्ने व्यवस्था छ । उपरोक्त बमोजिमको नियमावलीबाट पदाधिकारीको कार्यविभाजन, काम, कर्तव्य र अधिकार नतोकिएसम्मको लागि गाउँपालिकाको अध्यक्ष तथा नगरपालिकाको प्रमुखको काम, कर्तव्य अधिकार देहाय बमोजिम हुने व्यवस्था स्थानीय सरकार सञ्चालन ऐन, २०७४ मा उल्लेख छ :  – पालिकाको सभा तथा कार्यपालिकाको बैठक बोलाउने र बैठकको अध्यक्षता गर्ने, – पालिक...
लोकसेवा तयारी सामग्री (वस्तुगत प्रश्नोत्तर)

लोकसेवा तयारी सामग्री (वस्तुगत प्रश्नोत्तर)

GK
१. सरकारले सशस्त्र प्रहरी महानिरीक्षकमा कसलाई नियुक्त गरेको छ ?  पुष्पराम केसी – वि.सं. २०७८ चैत ३० को मन्त्रिपरिषद् बैठकले महानिरीक्षकमा नियुक्त गरेको । – ३० वर्षे सेवा अवधिका कारण केसीले १९ दिनपछि अवकाश पाउनुहुने । – सशस्त्र प्रहरी महानिरीक्षक शैलेन्द्र खनालले चैत २८ मा अवकाश पाएपछि महानिरीक्षकको पद खाली भएको थियो । वैशाख २० गते राजु अर्याल सङ्गठनको प्रमुखमा नियुक्त हुने । २. युवा महिला उद्यमीलाई प्रोत्साहन गर्ने उद्देश्यले आयोजना गरिएको ‘समिट वुमन अफ दी इयर २०२२’बाट सम्मानित हुने महिला उद्यमी को हुनुहुन्छ ?  कृतिका लम्साल (स्विट फिक्सकी संस्थापक) – (उहाँलाई एक लाख रुपियाँ नगद र हीराको लकेट प्रदान गरिएको ।) ३. गीत–सङ्गीत र साहित्य क्षेत्रमा १०८ विश्व रेकर्ड कायम गर्न सफल व्यक्तित्व को हुनुहुन्छ ?   डा. डीआर उपाध्याय ४. १३२ केभी प्रसारण लाइन क्षमताको...
लोकसेवा तयारी सामग्री (विषयगत प्रश्नोत्तर)

लोकसेवा तयारी सामग्री (विषयगत प्रश्नोत्तर)

विषयगत
भ्रष्टाचार कसुरमा थप सजाय  १. सार्वजनिक निकायमा रहेका के कस्ता विषयसम्बन्धी सूचना प्रवाह नगरिने व्यवस्था छ ? उल्लेख गर्नुहोस् ।  प्रत्येक नेपाली नागरिकलाई सूचनाको हक हुने तथा सार्वजनिक निकायमा रहेको सूचनामा पहुँच हुने व्यवस्था भए पनि सूचनाको हकसम्बन्धी ऐन, २०६४ बमोजिम सार्वजनिक निकायमा रहेका देहायका विषयसम्बन्धी सूचना प्रवाह नगरिने व्यवस्था छ :  – नेपालको सार्वभौमसत्ता, अखण्डता, राष्ट्रिय सुरक्षा, सार्वजनिक शान्ति सुव्यवस्था वा अन्तर्राष्ट्रिय सम्बन्धमा गम्भीर खलल पार्ने,  – अपराधको अनुसन्धान, तहकिकात तथा अभियोजनमा प्रत्यक्ष असर पार्ने,  – आर्थिक, व्यापारिक तथा मौद्रिक हित वा बौद्धिक सम्पत्तिको संरक्षण वा बैङ्किङ वा व्यापारिक गोपनीयतामा गम्भीर आघात पार्ने, – विभिन्न जातजाति वा सम्प्रदायबीचको सुसम्बन्धमा प्रत्यक्ष रूपमा खलल पार्ने,  – व्यक्तिग...
आर्थिक वृद्धिदर ४.१ प्रतिशत हुने

आर्थिक वृद्धिदर ४.१ प्रतिशत हुने

अर्थ
काठमाडौँ, वैशाख १४ गते । नेपालले ४.१ प्र्रतिशतको आर्थिक वृद्धिदर हासिल गर्ने अन्तर्राष्ट्रिय मुद्रा कोष (आईएमएफ)ले प्रक्षेपण गरेको छ । एसिया तथा प्रशान्त क्षेत्रका मुलुकको आर्थिक प्रक्षेपण सार्वजनिक गर्दै आईएमएफले सन् २०२२ मा नेपालले सोबराबरको आर्थिक वृद्धिदर हासिल गर्ने अनुमान सार्वजनिक गरेको हो ।  आईएमएफका अनुसार सन् २०२३ मा नेपालको आर्थिक वृद्धिदर ६.१ प्रतिशत पुग्ने अनुमान छ । सन् २०२१ म भने नेपालले २.१ प्रतिशतको आर्थिक वृद्धिदर हासिल गरेको आईएमएफले जनाएको छ ।  आईएमएफको प्रक्षेपणअनुसार छिमेकी मुलुक भारतले यस वर्ष ८.२ प्रतिशतको वृद्धिदर हासिल गर्नेछ । यो एसिया तथा प्रशान्त क्षेत्रका मुलुकमध्ये सबैभन्दा उच्च हो ।  त्यस्तै, चीनको वृद्धिदर भने गत वर्षको ८.१ प्रतिशतबाट घटेर ४.४ प्रतिशत पुग्ने प्रक्षेपण छ । दक्षिण एसियाली मुलुक बङ्गलादेश र श्रीलङ्काले यस वर्ष क्र...